मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

सेतो मच्छिन्द्रनाथको जात्रा चैत २३ देखि

  • 235
    SHARES
  • https://indrenipost.com/posts/8605
    चैत २१, २०८१ बिहीबार
    सेतो मच्छिन्द्रनाथको जात्रा चैत २३ देखि

    काठमाडौं । सेतो मच्छिन्द्रनाथको जात्रा यही चैत २३ गतेदेखि सुरु हुँदै छ । स्थानीय भाषामा जनबहाःद्यः पनि भनिने यी देवतालाई बौद्धहरूले आर्यावलोकितेश्वर वा करुणामयको रूपमा पुज्छन् ।

    हरेक वर्ष पौष शुक्ल पक्ष अष्टमीका दिन महास्नान गराई मनाउन सुरु गरिने जात्राको व्यवस्थापन यस वर्ष पनि जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिले गरिरहेको छ ।

    समितिले पछिल्लो १३ वर्षदेखि रथजात्राको व्यवस्थापन गरिरहेको छ । समितिका अनुसार यस वर्ष जात्रा व्यवस्थापनका लागि विभिन्न २० वटा उपसमिति गठन गरिएका छन् ।

    जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिका सचिव सुजिव बज्राचार्यले यस वर्ष रथजात्राको पहिलो दिन चैत २३ गते तीनधारा पाठशाला जमलबाट रथ तानेर असन पुर्‍याइने बताए ।

    साथै चैत २४ गते रथलाई असनबाट हनुमानढोका पुर्‍याइनेछ भने चैत २५ गते हनुमानढोकाबाट लगनटोल पुर्‍याइनेछ ।

    चैत २६ गते रथलाई तानेर आर्यावलोकितेश्वर ९करुणामय०को आमा भनिने लगन टोलको डबलीको बीचमा रहेको रूखलाई तीनचोटि परिक्रमा गराइन्छ ।

    चैत २७ गते लगन टोलबाट बेलुकीपख खटमा राखी आर्यावलोकितेश्वरलाई पुनः जनबहाःस्थित आफ्नै मन्दिरमा फर्काउने कार्यक्रम रहेको उनले बताए ।

    उनका अनुसार यस वर्ष असन पुर्‍याउने काम ‘याः न्याःयेकेगु’ सम्पन्न भएपछि बेलुकी दर्शनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आउने तालिका छ । यस वर्ष पर्यटन बोर्डको संयोजनमा पहिलो दिन जमलमा विदेशी पर्यटकलाई रथजात्रा अवलोकन गराउने कार्यक्रम राखिएको छ ।

    यस जात्रालाई काठमाडौंको सबैभन्दा ठूलो रथ जात्राका रूपमा लिइन्छ । यो जात्राको समाप्तिसँगै देशका अरू भागमा अन्य रथजात्रा सुरु हुने भएकाले यस जात्राको विशेष महत्त्व छ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij