शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

रधुजी पन्त भन्छन्, ‘राप्रपाले दुई तिहाइ ल्याउने बेलासम्म म नै रहन्न भन्ने पूर्वराजा ज्ञानेन्द्रलाई लागेपछि तीनकुने घटना भयो’ 


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/8616
    चैत २२, २०८१ शुक्रबार
    रधुजी पन्त भन्छन्, ‘राप्रपाले दुई तिहाइ ल्याउने बेलासम्म म नै रहन्न भन्ने पूर्वराजा ज्ञानेन्द्रलाई लागेपछि तीनकुने घटना भयो’ 

    काठमाडौं ।  नेकपा (एमाले) का सांसद रघुजी पन्तले राप्रपाले दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने बेलासम्म आफू नै नरहने स्थिति देखेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले विद्रोहको बाटोबाट भए पनि सत्ता कब्जा गर्न खोजेकोले तीनकुने घटना हुन पुगेको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसद पन्तले पूर्वराजा शाहले राप्रपालाई विश्वास नगरेको पनि बताए।

    ‘ज्ञानेन्द्र शाहलाई के विश्वास भएन भने राजेन्द्र लिङ्देन र बुद्धिमान तामाङले चुनाव लडेर, बहुमत ल्याएर, अझ दुई तिहाइ ल्याएर यो संविधान संशोधन गर्ने बेला म नै रहन्न भन्ने भयो त्यसैले गड्याङगुडुङ गरेर विद्रोहको बाटोबाट भए पनि सत्ता कब्जा गर्न सकिन्छ भने गर्ने हो भनेर यो घटना भएको हो,’ पन्तले भने। तीनकुने घटनाले राप्रपाको संवैधानिक बाटोप्रति विश्वास गर्ने र कुरेर बस्ने पक्षमा पूर्वराजा शाह नदेखेको पन्तको भनाइ छ।
     

    चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन थियो। प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेका थिए भने प्रहरीले भिड तितरबितर बनाउन भन्दै पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो। प्रदर्शनकारीले निजी घर तोडफोड र आगजनी गरेका थिए। सरकारी गाडी र पार्टी कार्यालय तथा जडिबुटी प्रशोधन केन्द्रमा पनि आगजनी भएको थियो। तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij