मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

कुलमानले राजनीतिमा आउने बारे भने, ‘कुनै पनि जिम्मेवारीका लागि तयार छु’


  • 316
    SHARES
  • https://indrenipost.com/posts/8618
    चैत २२, २०८१ शुक्रबार
    कुलमानले राजनीतिमा आउने बारे भने, ‘कुनै पनि जिम्मेवारीका लागि तयार छु’

    काठमाडौं । विद्युत् प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले भविष्यमा राजनीतिमा आउन सक्ने सम्भावनाबारे सकारात्मक संकेत गरेका छन् । आज उनले गरेको पत्रकार सम्मेलनमा पत्रकारले यसबारे जिज्ञासा राखेका थिए ।
    ‘तपाईँ राजनीतिमा आउने र दीपक खड्काकै निर्वाचन क्षेत्रमा चुनाव लड्ने चर्चा पनि सुनिन्छ, यसका कत्तिको सत्यता छ ?’ पत्रकारले उनलाई सोधे ।

    घिसिङले जवाफ दिए, ‘मैले अघि वक्तव्यमा पनि भनेको छु । म एउटा जिम्मेवार नागरिक हो । अब तपाईंहरुजस्तै नागरिक भएँ, कर्मचारी रहिनँ । एउटा जिम्मेवार नागरिक भएर म सदैव देशको हितको लागि, समृद्धिका लागि, कुनै पनि जिम्मेवारी लिन  तयार छु ।’ 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij