मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

जनमत पार्टीले गर्‍यो पार्टी उपाध्यक्ष साहलाई निलम्बन 


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/8621
    चैत २२, २०८१ शुक्रबार
    जनमत पार्टीले गर्‍यो पार्टी उपाध्यक्ष साहलाई निलम्बन 

    काठमाडौं ।  सीके राउत नेतृत्वको जनमत पार्टीले पार्टीका उपाध्यक्षलाई कारबाही गरेको छ।  पार्टी अनुशासन समितिमा संयोजकसमेत रहेका उपाध्यक्ष दीपक कुमार साह ६ महिनाका लागि निलम्बनमा परेका हुन्।  अनुशासन समितिका उपाध्यक्ष नरेन्द्र चौधरी र सचिव अनिता यादवले पार्टी उपाध्यक्ष साहलाई पत्र लेखेर कारबाहीको जानकारी गराएका छन्।

    पार्टी नीति विपरीत गएको भन्दै साहलाई अनुशासन समितिले स्पष्टीकरण सोधेको तर स्पष्टीकरणको जवाफ नदिई सामाजिक सञ्जालमा पार्टीकै नीतिविरुद्ध लेखेको भन्दै निलम्बन गरिएको पत्रमा उल्लेख छ।  

    ‘स्पष्टीकरण सोधिएपछि त्यसको जवाफ दिने हो, अरुको प्रश्नको जवाफमा अरु कुरा मिसाएर ब्ल्याकमेलिङ गर्ने होइन। तर, अनुशासन समितिलाई ४८ घण्टे स्पष्टीकरण दिएर धम्काउनुभयो,ुकारबाहीको पत्रमा लेखिएको छु स्पष्टीकरण सोधेपछि प्रत्यारोप लगाउने होइन, जवाफ दिने हो। पारिवारिक विषय उठाएर कार्यकर्ता र विभिन्न ठाउँका अध्यक्षज्यूहरुलाई हटाउन लबि गर्नु अक्षम्य अपराध हो।’ 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij