मंगलबार, साउन २७ गते २०८२ Aug 12 2025 Tuesday
images
images

लामिछानेलाई पक्राउ गरेर रुपन्देही पठाउने तयारी

  • 406
    SHARES
  • https://indrenipost.com/posts/8622
    चैत २२, २०८१ शुक्रबार
    लामिछानेलाई पक्राउ गरेर रुपन्देही पठाउने तयारी

    काठमाडौं । सहकारी ठगी एवं संगठित अपराधका अभियुक्त रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएको छ। 

    पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार थुनामा पठाउने आदेश दिएपछि प्रहरीले पक्राउ गरेर रुपन्देही पठाउने तयारी गरेको प्रहरी उच्च स्रोतले जनाएको छ।

    ‘उच्च अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा पठाउन पक्राउ गरी पठाइदिनू भनेर रुपन्देही प्रहरीले पत्राचार गर्छ। त्यो पत्र प्राप्त हुनासाथ हामीले पक्राउ गरेर पठाइदिने हो,’ प्रहरी अधिकारीले भने।

    न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेका हुन्।

    यसअघि जिल्ला अदालतले छविलाल जोशीलाई थुनामा पठाउने र रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर उच्चले छविलाई थुनामा पठाउने आदेश सदर गर्दै रविलाई पनि थुनामा पठाउने आदेश गरेको हो।


    यो आदेशसँगै पूर्व डीआईजी छविलाल जोशी पनि रिहा नहुने भएका छन्। यसअघि रवि र छविले कास्की, काठमाडौँ र चितवनमा धरौटी बुझाएर रिहा भएका थिए। तर त्यसपछि रुपन्देही पुग्दा जोशीलाई भने थुनामा पठाउने आदेश भएको थियो।  

    यी चारवटै अदालतबाट धरौटीमा रिहा भएका लामिछाने केहीदिन अघि मात्रै पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका थिए। उनले सांसदबाट समेत निलम्बन फिर्ता लिन सभामुखलाई निवेदन दिएका थिए। रास्वपा नेताहरूले तााकेता गरेपनि सभामुखले भने निलम्बन फुकुवा गर्न नसकिने जवाफ दिएका थिए। 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij