मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

माधव नेपालले भने,‘ज्ञानेन्द्र, गिरिजाप्रसाद र मैले गणतन्त्रका लागि हस्ताक्षर गरेपछि प्रचण्ड जोडिन आइपुगे’ 


  • 982
    SHARES
  • https://indrenipost.com/posts/8647
    चैत २४, २०८१ आइतबार
    माधव नेपालले भने,‘ज्ञानेन्द्र, गिरिजाप्रसाद र मैले गणतन्त्रका लागि हस्ताक्षर गरेपछि प्रचण्ड जोडिन आइपुगे’ 

     

    काठमाडौं । प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र स्थापनाका लागि सुरूमा तीनजनाबीच सहमति भएको दाबी गरेका छन् । २०६२–६३ को आन्दोलनपछि भएको त्यबेलाको सहमतिमा तत्कालीन राजा ज्ञानेन्द्र शाह, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको दाबी नेपालले गरेका हुन् ।

    आइतबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आदिवासी जनजाति महासंघ ९समाजवादी० बागमती प्रदेशको भेला(प्रशिक्षणलाई सम्बोधन गर्दै नेपालले माओवादी जनयुद्धअघि गणतन्त्र ल्याउनेबारे तीन जनाबीच स्पष्ट सहमति भएको जिकिर गरेका हुन् । अध्यक्ष नेपालले गणतन्त्र ल्याउन २०६३ वैशाख ११ गते भएको सहमतिलाई स्मरण गरे । ‘गिरिजाबाबु र म बस्यौँ, कागज तयार गर्यौँ, ज्ञानेन्द्र शाहले जनताको हातमा अधिकार सुम्पिसकेका थिए’, उनले भने, ‘त्यसपछि मात्रै माओवादी आन्दोलन पनि हाम्रो अभियानमा मिसिएको हो।’

    अध्यक्ष नेपालले तत्कालीन नेकपा एमालेमा रहँदैको समयमा पार्टीले २०६२ साउनमै गणतन्त्रमा जानेको निर्णय गरेको पनि बताए । ‘जनयुद्ध हाँकेका प्रचण्ड त पछि मिसिनु भएको हो’, उनले भने, ‘त्यतिबेला गिरिजाबाबु, ज्ञानेन्द्र र मैले पहिले नै सहमति गरिसकेका थियौँ।’पूर्वराजा ज्ञानेन्द्रका सचिवले ‘राजा फर्काउने कुरा छैन’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै अध्यक्ष नेपालले यसले राहत भएको बताए। ‘त्यो कुरा सही हो भने पूर्वराजालाई धन्यवाद दिन चाहन्छु। बाहिर हल्ला मात्रै रहेछ, अलिकति मन शान्त भयो,’ उनले भने।

    पूर्वराजालाई शाहलाई चुनौती दिएका उनले राजनीति गर्न म भनए पार्टी खोल्न सुझाए । ‘चुनाव लड्नुस्, जितेर देखाउनुस्। लोकतन्त्रमा त्यो बाटो खुल्ला छ’, उनले भने । अध्यक्ष नेपालले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए। ‘राजाहरूले विगतमा के गरे रु जनताले रोजेका नेताभन्दा वंशवादी शासनले देशको भलो गर्न सक्दैन,’ उनले भने, ‘राजा फर्काएर विकास हुन्छरु शिक्षा, स्वास्थ्य, सीप र उद्योगको खाका छ त्यहाँ र’

    राजावादीले देश बनाउन नभई लुट्न राजा फर्काउने एजेन्डा अघि सारेका बताए । ‘यदि देश र जनताको सेवा गर्ने सोच छ भने पार्टी बनाएर आउनुस्। चुनाव जित्नुस्, सरकार चलाउनुस्। त्यो नै लोकतान्त्रिक बाटो हो,’ उनले पूर्वाराज शाहलाई भने ।  पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले गणतन्त्र व्यवस्थाले थुप्रै परिवर्तन ल्याइसके पनि भ्रष्टाचार, अपारदर्शिता र गैरजिम्मेवारीपनले जनतामा निराशा बढेको बताए ।

    अध्यक्ष नेपालले आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै सरकारप्रति गुनासो राखे । ‘एमाले, कांग्रेस र माओवादीको कार्यालयमा सुरक्षा छ, तर हाम्रोमा छैन। यो विभेद हो। सरकारले क्षतिपूर्ति दिनुपर्छ,’ उनले भने ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij