मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

वाइसीएल नेतृत्वमा कडा प्रतिस्पर्धा


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/8658
    चैत २५, २०८१ सोमबार
    वाइसीएल नेतृत्वमा कडा प्रतिस्पर्धा

     
    काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट शक्तिशाली भातृ सङ्गठन योङ कम्युनिस्ट लिग(वाइसिएल)को आगामी जेठ १७, १८ र १९ गते तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदै छ । वाइसिएल अध्यक्ष सुबोध शेर्पाली सङ्गठनबाट बिदा हुने भएपछि नेतृत्वमा पुग्न सङ्गठनका नेताहरू दौडधुपमा लागेका हुन् ।

    पार्टीको प्रभावशाली सङ्गठन भएकाले नेतृत्वमा पुग्न वाइसिएल नेताहरू आफू निकट नेताको घर धाउन थालेका छन् । जसरी वाइसिएल अध्यक्षमा गणेशमान पुन र रामप्रसाद सापकोटा ‘दीपशिखा’ हुँदा सङ्गठनको प्रभावशाली उपस्थित थियो त्यो घट्दै गएको प्राय नेताहरू स्वीकार गर्छन् । आगामी नेतृत्वमा पुग्ने नेताहरूले पहिले जस्तै सशक्त सङ्गठन बनाउने बाचा गर्न भने छोडेका छैनन् । आगामी सम्मेलनमा सर्वसम्मतको नाममा टिके प्रथा अन्त्य गर्नुपर्ने भन्र्दै चुनाव मार्फत सशक्त नेतृत्व ल्याउनुपर्ने माग राखेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । यदि सर्वसम्मत हुन नसकेमा निर्वाचनमा ढोका भने खुला रहेको बताइसकेका छन् । 

    आगामी सम्मेलनबाट वाइसिएल अध्यक्षमा केयरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर, हरि ढकाल, ललित श्रेष्ठ लगायतले दाबी गरेका छन् । यसरी अध्यक्ष दाबी गर्नेहरू कुँवर, ऐर र ढकाल पार्टी सङ्गठनमा काम गरेर आएका हुन् भने ओली र श्रेष्ठ तत्कालीन जनमुक्ति सेना पृष्ठभूमिबाट आएका हुन् । हाल श्रेष्ठ जनयुद्धमा घाइते भएका योद्धा समेत हुन् । यस्तै महासचिवमा धिरज उपरकोटी, सन्तोष पनेरु, गणेश शाही लगायत नेताहरू दाबी गरेका छन् । त्यसमध्ये उपरकोटी र शाही तत्कालीन जनयुक्ति सेनाको पृष्ठभूमिबाट आएका हुन् । तर, पनेरु पार्टी सङ्गठनबाट आएको बताएको छ । सङ्गठनको अरू पद  उपाध्यक्ष,उपमहासचिव, सचिव र कोषाध्यक्षमा अध्यक्ष र महासचिवमा जस्तो प्रतिस्पर्धा देखिएको छैन । हाल वाइसिएलको कुल पदाधिकारी ६५ सहित ३१४ जनाको केन्द्रीय कमिटी बनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij