मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

प्रदुषण बढेपछि जनमोर्चाले आन्दोलन छोट्याएर पाँच दिन मात्रै गर्ने 


  • 568
    SHARES
  • https://indrenipost.com/posts/8673
    चैत २६, २०८१ मंगलबार
    प्रदुषण बढेपछि जनमोर्चाले आन्दोलन छोट्याएर पाँच दिन मात्रै गर्ने 

     

     काठमाडौँ । चित्रबहादुर केसी नेतृत्वको  राष्ट्रिय जनमोर्चाले सप्ताहब्यापी राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम छोट्याएको छ ।  काठमाडौँमा बढ्दो प्रदूषणका कारण आन्दोलन छोट्याएर ५  दिन कायम गरिएको महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    उनकाअनुसार आन्दोलनको तेस्रो दिन आज विभिन्न स्थानबाट आन्दोलनकारीहरू दिउसो १२ बजे ललितपुरको लगनखेलमा भेला भई त्यहाँबाट जुलुससहित दिउँसो २ बजे माइतीघरमण्डलामा सभामा परिणत हुने छ । 

    उक्त सभालाई  भट्टले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गणतन्त्रको रक्षा र संघीयताको खारेजीका लागि जनमोर्चाले यसअघि चैत्र २४ देखि ३० गतेसम्म आन्दोलन घोषणा गरेको थियो । अब भने आन्दोलनका कार्यक्रम २८ गतेसम्म मात्रै हुने भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij