आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रहरीद्धारा तीनकुने घटनामा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ


  • 649
    SHARES
  • https://indrenipost.com/posts/8674
    चैत २६, २०८१ मंगलबार
    प्रहरीद्धारा तीनकुने घटनामा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ

     

    काठमाडौं । प्रहरीले १५ चैतमा तीनकुनेमा प्रदर्शनको क्रममा भएको तोडफोड, आगजनीमा संलग्न भएको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेहरूमा सर्लाही कबिलासी ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, सुनसरीको धरान घर भई काठमाडौं(३१ बस्ने १९ वर्षीय सुमन कार्की छन् ।

    त्यस्तै, बर्दिया बारबर्दिया( २ जोहिगाउँका ३४ वर्षीय हेमराज थारु, धादिङ सिद्दलेख( ४ का २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेको नमोबुद्द नगरपालिकाका ३० वर्षीया अनिता कुँवर ऐनी र सिन्धुपाल्चोक बाह्रबिसेका ३० वर्षीय कुमार तामाङ पक्राउ परेका छन् ।

    उनीहरुमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij