मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजा ल्याउने अभियानका कमान्डर जगमान समुहले गिरफ्तारी दिने घोषणा 


  • 2.6K
    SHARES
  • https://indrenipost.com/posts/8692
    चैत २७, २०८१ बुधबार
    राजा ल्याउने अभियानका कमान्डर जगमान समुहले गिरफ्तारी दिने घोषणा 

     
    काठमाडौं।  राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा।जगमान गुरुङले आगामी वैशाख २१ गतेभित्र राजावादी आन्दोलनका क्रममा पक्राउ परेकाको रिहा र नजरबन्दमा राखिएका नवराज सुवेदीलाई मुक्त नगरे सामूहिक गिरफ्तारी दिने बताएका छन् । 

     बुधवार आयोजित पत्रकार सम्मेलनमा डा.गुरुङले माटोको टीका लगाएर सबभन्दा पहिला आफू हिँड्ने पनि बताए । ‘२२ गतेका दिन सामूहिक गिरफ्तारी दिने हो । म आफैँ पहिला हिँड्छु तपाईंहरु कोको आउनुहुन्छ आउनुस्’, गुरुङको भनाई छ । उनले ज्यानको माया मारेर अगाडि बढ्ने तर भद्र अवज्ञा आन्दोलन गरेर अघि बढ्ने बताए । 
     
    उनले राजसंस्थाको पुनर्स्थापनाका लागि गोरखनाथ र गोरखकालीको अन्तिम पूजा वैशाख १९ गते गर्ने पनि जानकारी दिए । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij