मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

चीनको चोङकिङमा माओवादी केन्द्रका नेताहरु


  • 217
    SHARES
  • https://indrenipost.com/posts/8698
    चैत २८, २०८१ बिहीबार
    चीनको चोङकिङमा माओवादी केन्द्रका नेताहरु

    काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधि मण्डल चीनको चोङकिङ सहरमा आइपुगेको छ ।

    माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधि मण्डललाई चोङकिङ नगरमा बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गरे ।

    प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, माओवादी केन्द्रको अन्तरराष्ट्रिय विभाग, स्कुल विभाग, मजदूर तथा बुद्धिजीवी संगठन, अखिल (क्रान्तिकारी)लगायत विभागका सदस्य सहभागी थिए ।

    चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहेका चार सहरमध्ये एक हो । 

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij