मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

गगन थापाले भने, ‘८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ’ 


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/8709
    चैत २८, २०८१ बिहीबार
    गगन थापाले भने, ‘८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ’ 

    काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् ।बिहीबार काठमाडौंमा कांग्रेस क्षेत्र नम्बर २ को दोस्रो प्रदेश सम्मेलनमा बोल्दै थापाले पार्टीको महाधिवेशनका विषयमा कोही अलमलिनु नपर्ने भन्दै ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताएका हुन् । 

    पार्टीको महाधिवेशन छिटो गर्न पाइने तर पछि सार्न नपाइने उनले बताए । थापाले महाधिवेशन लगतै विभिन्न निर्वाचन आउने भएकाले तयारीमा जुट्नुपर्ने उल्लेख गरे। उनले स्थानीयले गर्नुपर्ने काम प्रदेश र प्रदेशले गर्नुपर्ने काम संघले गरेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए ।  संघीयता कार्यान्वयनलागि आवश्यक कानून समयमा बन्न नसकेकाले समस्या देखिएको भन्दै उनले कानून निर्माणका साथै संविधानमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिए । 


    महामन्त्री थापाले नेपालको राजा कसैले पनि धोएर वा सफा गरेपनि संवैधानिक बनाउन नसक्ने स्पष्ट पारे ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij