काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौं ल्याएको छ ।
प्रसाईंलाई बुद्ध एयरको जहाजमा शुक्रबार मध्याह्न झापाको भद्रपुरबाट काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।
प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगसहितमा मुद्दा चलाउने प्रहरीकाे तयारी छ । उनको नेतृत्वमा चैत १५ गते तीनकुनेमा भएको अराजक प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए ।
घटनालगत्तै फरार भएका प्रसाईं भागेर भारतको आसाम पुगेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो ।