आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

निषेधित क्षेत्रमा सुरक्षा, ठाउँठाउँमा प्रहरी तैनाथ 


  • 883
    SHARES
  • https://indrenipost.com/posts/8793
    बैशाख ७, २०८२ आइतबार
    निषेधित क्षेत्रमा सुरक्षा, ठाउँठाउँमा प्रहरी तैनाथ 

     

    काठमाडौं ।  राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आइतबार निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि प्रहरी प्रशासनले बिहानैदेखि निषेधित क्षेत्रको सुरक्षाका लागि ‘कर्डन एण्ड सर्च’ ड्युटी खटाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार आम नागरिकको दैनिक जीवन प्रभावित नहुने गरी प्रहरी ड्युटी खटाइएको हो । राप्रपाले स्थानीय प्रशासनसँग अनुमति मागेको जानकारी प्रहरीकहाँ आएको छैन ।

    ‘कर्डन एण्ड सर्च’ ड्युटीअन्तर्गत सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवन, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, सभामुख निवासलगायतका संवेदनशील क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । बबरमहलदेखि तीनकुनेसम्म प्रहरी तैनाथ छ । भद्रकाली र माइतीघरमा सुरक्षा कडा पारिएको छ । भद्रकाली(सिंहदरबार सडकमा प्रहरी तैनाथ छन्। नक्साल, भाटभटेनी मन्दिरस्थित ढुङ्गेधारा र गैरीधाराबाट खोर्सानीटारतिर प्रहरी खटिएएको छ ।

    महाराजगञ्ज र नारायणगोपाल चोकमा प्रहरी तैनाथ छ । प्रहरी तालिम केन्द्रबाट पानीपोखरीमा पनि प्रहरी छ । बालाजुतिरका सवारी साधन अस्कल क्याम्पसमा रोकेर ठमेलतिर डाइभर्ट गरिएको छ । प्रहरीले निषेधित क्षेत्रतिर कोही आए नियन्त्रणमा लिने लिने तयारी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij