आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

माओवादीले पत्रकार सम्मेलन गरेर भन्यो- यो सरकार निभ्दै गरेको बत्ती हो


  • 775
    SHARES
  • https://indrenipost.com/posts/8836
    बैशाख १०, २०८२ बुधबार
    माओवादीले पत्रकार सम्मेलन गरेर भन्यो- यो सरकार निभ्दै गरेको बत्ती हो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकार निभ्दै गएको बत्तीजस्तो रहेको टिप्पणी गरेको छ। समसामयिक विषयवस्तु र वर्तमान परिस्थितीबारे धारणा सार्वजनिक गर्न बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिहरूले त्यो पुष्टि हुने बताएका हुन्।

    ‘अरूलाई त गाली गर्दै आइराख्नुभएको थियो। अब आफ्नै पार्टीकालाई पनि गाली गर्न थाल्नुभएको छ। यो अर्थमा सरकार निभ्दै गरेको बत्ती हो कि जस्तो लाग्छ,’ उनले भने। पछिल्लो समय प्रधानमन्त्री हतास देखिएको पनि सापकोटाले बताए। ‘गुम्न लागेको साखलाई फेरि कतैबाट परालको त्यान्द्रोले जोगाउन सकिन्छ कि भनेर अनेक खोज्न थाल्नुपभएको छ प्रधानमन्त्री। प्रधानमन्त्रीको हतास मनस्थितिको उपज हो,’ उनले भने। पछिल्लो समय प्रधानमन्त्री ओली आफ्नै पार्टीका नेताहरूसँग पनि रिसाएको सापकोटाले बताए।

    ‘प्रधानमन्त्री सबैसँग रिसाइराख्नुभएको छ। आफ्नै पार्टीका नेताहरुसँग रिसाइराख्नु भाछ। कर्मचारीसँग रिसाइराख्नुभएको छ। तिमीहरूलाई नेतृत्वप्रति किन विश्वास नभएको भनेर बिहान आफ्नै पार्टीकालाई भन्दै हुनुहुन्थ्यो,’ उनले भने। सापकोटाले प्राविधिक रूपमा सरकार अस्तित्वमा रहे पनि राजनीतिक रूपमा वैधानिकता गुमाइसकेको बताए। ुयस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार छैन,’ उनले भने।

    उनले वर्तमान सत्तागठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको बताए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij