काठमाडौं । आफूहरूमाथि श्रम शोषण भएको भन्दै डाक्टरहरू पुनस् प्रदर्शनमा उत्रिएका छन् । सरकारले निर्णय गरेको निर्वाह भत्ता नदिएको भन्दै नेपाल चिकित्सक संघको आव्हानमा आन्दोलन सुरू भएको हो । माइतीघरमा भेलिएका डाक्टरहरू स्वास्थ्य मन्त्रालय घेर्न भनी हिँडेका छन् । तर, प्रहरीले उनीहरूलाई बीचमै रोकेको छ ।
संघले सरकारलाई २४ घण्टाभित्र माग पूरा गर्न अल्टिमेटम दिएको छ । माग पूरा नभए शुक्रबारदेखि आकस्मिक र सघन उपचारबाहेकका सबै सेवा ठप्प पार्ने उनीहरूको चेतावनी छ । गत माघ २५ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह ९आठौँ तह० को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।
उक्त बैठकले आवासीय चिकित्सकको समान सुविधा ९मासिक ४८ हजार सात सय० कायम गर्नुपर्ने निर्णय गरेको हो । तर, उक्त रकम नपाएको भन्दै आन्दोलित छन् ।