आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

आज विश्व औलो दिवस मनाइँदै, अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि आजै 


  • 289
    SHARES
  • https://indrenipost.com/posts/8859
    बैशाख १२, २०८२ शुक्रबार
    आज विश्व औलो दिवस मनाइँदै, अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि आजै 

    काठमाडौं । आज विश्व औलो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकायलाई आह्वान गरेको छ ।

    सङ्गठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट औलो उन्मूलन गर्न सकिने बताएका छन् ।


    यस्तै, अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि आजै परेको छ । दोस्रो विश्वयुद्धपछि  २५ अप्रिल १९४५ मा विश्वमा शान्ति पुनःस्थापित गर्ने र युद्धपछिको विश्व व्यवस्थालाई विधिको शासनअनुरुप अघि बढाउने उद्देश्यका साथ सानफ्रान्सिस्को सम्मेलनको प्रथम वार्षिकोत्सवका रूपमा यो दिवस मनाइन्छ ।

    यसलाई अन्तर्राष्ट्रिय सङ्गठनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन पनि भनिन्छ ।उक्त सम्मेलनबाट संयुक्त राष्ट्रसङ्घ स्थापनाको बिजारोपण भएको हो । दुई महिनासम्म सञ्चालन भएको उक्त सम्मेलनमा ५० देशका ८५० प्रतिनिधि सहभागी थिए ।

    संयुक्त राष्ट्रसङ्घमा सदस्य राष्ट्रका प्रतिनिधि र उनीहरूको भूमिका बारेमा जागरुकता बढाउन सन् २०१९ मा राष्ट्रसङ्घीय महासभाले २५ अप्रिललाई अन्तर्राष्ट्रिय प्रतिनिधि दिवसका रूपमा घोषणा गरेको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij