मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

मन्त्रिपरिषद् विस्तार गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय


  • 838
    SHARES
  • https://indrenipost.com/posts/887
    असोज ११, २०७८ सोमबार
    मन्त्रिपरिषद् विस्तार गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ । आज (सोमबार) बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको हो । 

    बैठकमा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । सदन अदालतसँग जोडिएको कानूनी जटिलता हेरे लगत्तै मन्त्रिमण्डल बिस्तारमा छलफल अगाडि बढ्ने सदस्य गुरुङले बताए ।

    स्थायी कमिटी सदस्य गुरुङले भने, ‘अहिलेको समसामयिक स्थितीहरुको बारेमा अध्यक्षले ब्रिफिङ लिनुभयो,मुख्य रुपमा पार्टीको आन्तरिक सम्मेलनहरुको तयारी,स्थानीय निकाय, टोल, वडाहरुको भेला गर्ने विषयहरुमा छलफल भएको छ,पहिला भएको टाइम अलि टाइट भयो भ्याइएन, टाइम सानुपर्यो भन्ने कुरा सिफारिस भएको हुनाले त्यही अनुसारको छलफल भयो, पार्टी सदस्यको नवीकरण असोज मसान्तसम्म जारी राख्ने,टोल भेलाहरु कार्तिक ६ गते गर्ने भन्ने कुरा भएको छ,कार्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय पािलकाहरुको सम्मेलन भन्ने कुरो छ,राष्ट्रिय र प्रदेश सम्मेलन नसार्ने र अरुको समय सार्ने भन्ने विषयमा छलफल भएको छ, मन्त्रीपरिषद् बिस्तारको कुरा ५ दलको टुंगो भएपछि हुन्छ, त्यसमा कानूनी जटिलता भएको कारणले सबै समस्यालाई पन्छाइसकेपछि मन्त्रिमण्डलको बारेमा प्रवेश गर्ने भन्ने कुरा छ ।’

    स्थायी कमिटीको बैठकले पार्टीको महाधिवेशन केन्द्रित केही क्रियाकलापको सयमतालिका हेरफेर गर्ने निर्णय समेत गरेको छ । बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ भने स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कार्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिका स्तरीय भेला गर्ने निर्णय गरेको छ ।

     स्थानीय स्तरको मेलाको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय गरेको छ । 

     

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij