आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

काठमाडौं महानगरमा आइतबार शोक बिदा


  • 793
    SHARES
  • https://indrenipost.com/posts/8876
    बैशाख १४, २०८२ आइतबार
    काठमाडौं महानगरमा आइतबार शोक बिदा

     

     काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधन भएको शोकमा महानगरपालिकाले शोक बिदा दिएको हो ।

    महानगरले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक महानगर र मातहतका सबै कार्यालयमा शोक बिदा रहेको जनाएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री समेत भइसकेका तीर्थरामको शुक्रबार राति ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।

    डंगोलको शनिबार नै नेवारी परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गाैलाको उपचार गराइरहेका उनी विसं २०६२÷६३ को प्रतिगमनविरुद्धको जनआन्दोलनमा काठमाडौंमा नेतृत्व गरेका व्यक्ति हुन् । डंगोल विसं २०५६ र २०६५ मा प्रतिनिधिसभा सदस्य पनि थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij