आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो मागपत्र


  • 208
    SHARES
  • https://indrenipost.com/posts/8921
    बैशाख १७, २०८२ बुधबार
    एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो मागपत्र

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न १३ बुँदे माग राखेको छ ।

    बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका पदाधिकारीले मागपत्र बुझाएका हुन् ।

    मागपत्रमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’को नाराका साथ कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि सुझाव दिइएको छ ।

    मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा सुझावहरू प्राप्त भएकामा धन्यवाद दिँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोसिस गर्ने विश्वास दिलाए ।

    प्रधानमन्त्री ओलीले प्रतिगामी र अतिवादी तत्वहरूका अवाञ्छित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध हुनुपर्नेमा जोड दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij