आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

अझै दुई दिनसम्म पानी पर्ने सम्भावना 


  • 190
    SHARES
  • https://indrenipost.com/posts/8925
    बैशाख १८, २०८२ बिहीबार
    अझै दुई दिनसम्म पानी पर्ने सम्भावना 

    काठमाडौं । मौसमविदले आगामी दुई दिनसम्म बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बंगालको खाडीबाट विकसित प्रणाली पूर्व नेपालबाट भित्रिएको र पश्चिमी वायुको प्रभाव पनि कायमै रहेकाले मौसमविदले पानी पर्ने सम्भावना औंल्याएका हुन् ।

    अहिले पनि काठमाडौं उपत्यकासहित कोशी र मधेश प्रदेशका जिल्लाहरुमा पानी परिरहेको छ । एक घण्टाको अवधिमा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै २४.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी मकवानपुरमा ११.४ मिलिमिटर वर्षा मापन भएको छ । सिन्धुपाल्चोककै बाह्रबिसेमा ७ र भक्तपुरमा ५ मिलिमिटर वर्षा भएको छ ।

    ‘अझै दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना छ,’ मौसमका अध्येता एवम् विपदविज्ञ डा। धर्मराज उप्रेतीले भने, ‘देशभरी नै यस्तै अवस्था हुने सम्भावना छ ।’ केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको उनले बताए । जल तथा मौसम विज्ञान विभागको बुलेटिनमा पनि शुक्रबारसम्मै पानी पर्ने सम्भावना रहेको उल्लेख छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij