आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड 


  • 235
    SHARES
  • https://indrenipost.com/posts/8927
    बैशाख १८, २०८२ बिहीबार
    श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड 

     

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

     अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा पूर्वप्रधानमन्त्री प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गमा ऐक्यबद्धता प्रकट गरेका छन् ।  मुलुकमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त गरेका सङ्घर्ष र बलिदानको स्मरण गर्दै सन्देशमा उनले त्यसको परिणामस्वरुप आज देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको बताए ।

    सन्देशमा उनले “सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको कार्यभार हो । आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो”, भने ।  आठ घण्टा कार्यदिनको मागसहित आफ्ना अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदूरहरुले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदूरहरुले १ मईलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij