मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

माओवादी केन्द्रको पालिका स्तरीय सम्मलेन मंसिरमा


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/898
    असोज ११, २०७८ सोमबार
    माओवादी केन्द्रको पालिका स्तरीय सम्मलेन मंसिरमा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर पहिलो साता पालिका स्तरीय सम्मेलन गर्ने निर्णय गरेको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

    माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पालिका स्तरीय सम्मेलन दशैंमा परेका कारण मंसिरमा गर्ने निर्णय भएको जानकारी दिए । यसअघि असोज ३० गते पालिका स्तरीय सम्मेलनहरु गर्ने तयारी माओवादी कन्द्रले गरेको थियो । तर, असोज २९ गते दशैंको टीका परेकाले बैठकले कार्यतालिका परिवर्तन गरेको उनले बताए ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ । स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानूनी जटिलतालाई अविलम्ब समाधान गरेर अगाडि बढ्न गठबन्धनमा संलग्न दलसँग परामर्श गर्ने निर्णय गरेको हो ।

    आजको बैठकमा सरकार विस्तारका लागि कानूनी जटिलता, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दालगायत विषयमा छलफल भएको थियो । माओवादी केन्द्रका स्थायी समिति सदस्य देवप्रसाद गुरुङका अनुसार सरकार विस्तारमा देखिएको जटिलता समाधान गरेर शीघ्र पूर्णता दिन त्यससँग जोडिएका विषयमा छलफल भएको हो ।

    स्थायी समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराएका थिए भने स्थायी समिति सदस्यको राय पनि लिएका छन् । यस्तै बैठकमा पार्टीको आगामी राष्ट्रिय सम्मेलन र त्यसअघि सम्पन्न गर्नुपर्ने टोल तथा वडा भेलाका बारेमा पनि छलफल भएको थियो ।

    नेता गुरुङका अनुसार पार्टी सदस्यताको नवीकरण असोज मसान्तसम्म गर्ने नयाँ कार्यतालिका तय गरिएको छ । यस्तै टोल भेला आगामी कात्तिक ६ गतेसम्म गर्ने, कात्तिक १३ गते वडा सम्मेलन र आगामी मङ्सिर ४ गते स्थानीय पालिका सम्मेलन गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

    पालिका, वडा र टोल सम्मेलनका बारेमा केही दिन समय थप गरिएको भए पनि राष्ट्रिय सम्मेलनको कार्यतालिकाका बारेमा भने कुनै परिवर्तन गरिएको छैन । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरेको छ ।    

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij