सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

प्रचण्डलाई शंकर पोखरेलले भने, ‘ प्रचण्ड जी तपाईँको हरेक बोलीमा कुण्ठा मात्र देखिन्छ’  


  • 91
    SHARES
  • https://indrenipost.com/posts/9046
    बैशाख २८, २०८२ आइतबार
    प्रचण्डलाई शंकर पोखरेलले भने, ‘ प्रचण्ड जी तपाईँको हरेक बोलीमा कुण्ठा मात्र देखिन्छ’  

     काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताबाट बाहिर बस्नुपर्दा छटपटी र पीडा बढेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अहिले प्रचण्डका हरेक बोलीमा तथ्य नभइ कुण्ठामात्रै रहेको टिप्पणी गरेका छन् ।

    माओवादी अध्यक्ष दाहालले सरकारबारे गरेको टिप्पणी र सरकार डरले रुझेको बिरालो जस्तै बनेको भन्ने अभिव्यक्तिको जवाफ स्वरुप महासचिव पोखरेलले सरकारका उपलब्धि प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्डले शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा यो सरकारले नराम्रो जति सबै काम गर्यो राम्रो भन्ने कुरा एउटा पनि नगरेको बताएका थिए। ‘यो सरकारको रुझेको बिरालोको हालत भएको छ,’ उनले भनेका थिए, ‘सरकार दुई तिहाइको छ तर मनमा डर बोकेर बसेको छ।’

    महासचिव पोखरेलले प्रचण्ड प्रधानमन्त्री हुँदाको भन्दा अहिले राजश्वमा उल्लेख वृद्धि भएको जनाएका छन् ।उनले विदेशी मुद्राको सञ्चिती बढेको, शोधनान्तर स्थितिमा उल्लेख्य बचत रहेको बताएका छन् ।

    यस्तै, निर्माण व्यवसायीलाई काम वापतको भुक्तानी प्रदान गरिएको, निर्माण ठप्प रहेका ठूला आयोजनाहरूको काममा तिव्रता आएको लगायत १२ बुँदे उपलब्धि उल्लेख गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij