सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

गौतमबुद्ध बारे प्रधानमन्त्रीले भने, ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार’ 


  • 145
    SHARES
  • https://indrenipost.com/posts/9065
    बैशाख २९, २०८२ सोमबार
    गौतमबुद्ध बारे प्रधानमन्त्रीले भने, ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार’ 

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका छन्।

    “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।”

    उनले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गरेका छन् ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij