काठमाडौँ । काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।
आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो कसरी फैलियो भन्ने बारेमा अझै खुलाएको छैन । तर, मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
काठमाडौँ महानगर र ललितपुर महानगरकाको दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।