(डा. वेदुराम भुसाल नेकपाका स्थायी समिति सदस्य तथा राष्ट्रिय सभाका सदस्य हुन ।)
मार्क्सवादको सामान्य परिभाषा
मार्क्सवादलाई, समाजवादी क्रान्तिको सिद्धान्त, श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त, समाज परिवर्तनको क्रन्तिकारी सिद्धान्त आदि भनिन्छ । अन्तर्वस्तुको हिसावले यो एक वैज्ञानिक दर्शन, क्रान्तिकारी समाज विज्ञान र श्रमजीवी वर्ग पक्षधर राजनीतिक अर्थशास्त्र हो, जसले श्रमजीवी वर्गको मुक्ति र सिंगै समाजको परिवर्तनका निम्ति मार्गदर्शन गर्दछ ।
मार्क्सवादको सान्धर्भिकता
‘माक्र्सले वौद्घिक रुपमा एउटा यस्तो युग प्रस्तावित गर्छन्, जुन सताव्दीऔंसम्म अर्थात राजनीतिक समाजको विलोप र नियमवद्घ समाजको आगमन नभएसम्म कायम रहनेछ । उनको विश्व अवधारणा तवमात्र विस्थापित हुनेछ, जव आवस्यकताको अवधाराणालाई स्वतन्त्रताको अवधाराणाले विस्थापित गर्ने कार्य पुराभएको हुनेछ ।’ (एन्तोनियो ग्राम्शी )
माक्र्सवादलाई अस्वीकार गर्न सकिएला तर यसलाई गलत सावित गरिएको छैन । माक्र्सवादको सत्यता वा सान्दर्भिकता अस्वीकार गर्न सकिएला तर त्यसका वावजुद पनि यसको प्रभाव या असर रहिरहन्छ । (Helena Sheehan –Marxism and philosophy of Science)
राजनैतिक र विचारधारात्मक दूवै पक्षबाट माक्र्सवादले आफ्नो अन्तिम श्वास फेरिसकेको छैन । त्यसकारण माक्र्सवादको मृत्यूको घोषणा अपरिपक्व हुनसक्छ । इतिहासले माक्र्सलाई सही सावित नगरिसकेको हुनसक्छ तर त्यसले उनलाई स्पष्ट रूपमा गलत सावित गरिसकेको पनि त छैन । (डेविड वाकर- Historical Dictionary of Marxism )
मार्क्सवादका मूलभूत मान्यता
१. द्वन्द्ववादी विश्वदृष्टिकोण । संसारका सबै वस्तु र घटनाको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण वा आधार भौतिक पदार्थमा रहेको द्वन्द्वात्मक गति हो भन्ने मान्यता । यसै मान्यताका आधारमा माक्र्सवादले हरेक वस्तु र घटनाको अध्ययन तथा विश्लेषण द्वन्द्ववादी ढङ्गले गर्ने गर्दछ ।
२. संसार परिवर्तन गर्ने मान्यता । यसै मान्यताका आधारमा माक्र्सवादले संसारका कुनै पनि वस्तु, घटना, ब्यतिm, संस्था आदि सबैलाई विकास र परिवर्तनको प्रकृयामा हेर्ने गर्दछ ।
३.वर्गीय पक्षधरताको मान्यता । यसै मान्यताका आधारमा मार्क्सवादले वर्गीय समाजको परिवर्तन गर्ने तथा वर्गीय शोषण एवम् शासनको अन्त्य गर्ने मूल माध्यम वर्ग सघर्ष हो भनेर विश्लेषण गर्दछ र श्रमजीवी वर्गको पक्षपोषण गर्दछ ।
४. दर्शन र सिद्धान्तहरू चिन्तन पद्धति मात्र नभएर कार्य पद्धति पनि हुन भन्ने मान्यता । यसै मान्यताको आधारमा माक्र्सवादले दर्शन र सिद्धान्तहरू गतिशील हुन्छन् र तिनिहरू जीबनका निम्ति हुन, जीबन तिनिहरूका निम्ति होइन भन्ने विश्लेषण गर्दछ ।
मार्क्सवाददी दर्शनको परिभाषा
माक्र्सबादी दर्शन संसारका सम्पूर्ण बस्तु र घटनालाई तिनीहरूका गतिको द्वन्द्वात्मकतामा र विकासको ऐतिहासिक प्रकृयामा हेर्ने, वु¤ने तथा व्याख्या गर्ने र परिवर्तनका लागि तरिका बताउने दर्शन हो । यो अहिलेसम्मको सवैभन्दा विकसित र वैज्ञानिक भौतिकवादी दर्शन हो । यो तथ्यमा आधारित तर्क गर्ने दर्शन हो । यसलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद भनिन्छ । यो भौतिकवाद र द्वन्द्ववादको विकासको परिणाम हो । यसको उदय हुनुमा पुनर्जागरण आन्दोलन, औद्योगिक क्रान्ति र फ्रान्सेली क्रान्तिले मुख्य पृष्ठभूमिको काम गरेका छन् ।
दर्शनको प्रारम्भ र विकास
दर्शनको इतिहास स्वस्पूmर्त प्रकृतिवादी भौतिकवादबातबाट प्रारम्भ हुन्छ । समाजको विकास संगसगै चिन्तन या दर्शनको पनि विकास भएर आएको छ । समाज वर्गमा विभाजित नहुदासम्म मानिसको चिन्तन आधारभूत रूपमा प्राकृतिक भौतिकवादी चरित्रको थियो । समाज वर्गमा विभाजित भएपछि चिन्तनमा पनि वर्ग पक्षधरताको उदय भयो र दर्शन दुई धारामा विभाजित भयो । मध्ययुग दर्शको विकासका दृष्टिले पुरै अन्धकार युग रह्यो । ‘ईश्वर जान्ने लक्ष्य नभएको ज्ञान सवै पाप हो’ भनियो । सातौं सदीमा अरव साम्राज्यको विस्तारपछि युनानी र रोमन दर्शन तथा विज्ञानको अध्ययन र प्रचार–प्रसार भयो ।आठौं सदीको उत्तरार्धमा शार्लेमानको साम्राज्य निर्माणपछि शिक्षा प्रणालीमा परिवर्तन र तर्क वितर्क चालु भयो ।पूजीवादी उत्पादन प्रणाली र यान्त्रिकीको विकाससँगै चिन्तनको पनि विकास भया ।युरोपमा पध्रौं सताव्दीबाट शुरु भएको पुनर्जागरण आन्दोलनले विज्ञान र दर्शनको विकासका निम्ति ढोका खोलिदियो । भौतिकवादका विभिन्न धाराहरू र द्वन्द्ववादका विभिन्न धाराहरूको विकास भयो ।
समतामूलक समाजको चिन्तन
समतामूलक समाजका विचार पहिलेदेखिनै रहेका थिए । प्लेटोले एक प्रकारको पारिवारिक साम्यवाद भने । बुद्धले संघवादको कुरा गरे । हिन्दूहरूले राम राज्यको कुरा गरे । चीनमा आदिम व्यवस्था कायम राख्ने चिन्तन थियो । थोमस मूरले युटोपिया लेखेर (ई.१५१६) समानतायुक्त समाजको कल्पना प्रस्तुत गरे । तोमासो क्याम्पनेलाले सूर्यको शहर लेखेर (ई. १५९२) समानतायुक्त समाजको कल्पनिक चित्र प्रस्तुत गरे । ग्राचुस बावेले कन्सपिरेसी अफ इक्वेल्स् भनरे सारा असमानता हटाउने र साम्यवाद ल्याउने कुरागरे ।रवर्ट ओवेन, सेन्ट साइमन, चाल्र्स फुरिय आदिले काल्पनिक समाजवादका विभिन्न मान्यता अगाडि सारे । काल्पनिक समाजवादले पूँजीवादको विरोध, आलोचना र भ्रत्सना ग¥यो । त्यसको विनाश र नयाँ समाज निर्माणको सपना पनि देख्यो र शोणण गर्नु अनैतिक कार्य हो भनेर मान्छेलाई सम्झाउने प्रयत्न पनि ग¥यो । तर त्यसले पूँजीवादी समाजको विकासका नियम, पूँजीवादमा हुने ज्यालादारी दासता र नयाँ समाजको निर्माणमा अगुवाइ गर्ने क्रान्तिकारी वर्गको पहिचान गर्न सकेन । माक्र्सवादले ती कमीहरूलाई पुराग¥यो ।
पुनर्जागरण आन्दोलन र वैज्ञानिक आविस्कार
पन्ध्रौं शताब्दीमा आइपुगेपछि युरोपमा पुनर्जागरण (reneaissance) नामको एक बौद्धिक आन्दोलन शुरु भयो । त्यस आन्दोलनले आधुनिक शिक्षा प्राप्त मानिसहरूलाई प्राचीन युनानी तथा रोमन संसारको ज्ञान भण्डारमा प्रवेश गरायो र मध्यकालीन संस्कृतिको साँघुरो घेराबाट मुक्त गरी एक व्यापक दृष्टिकोणतर्फ उन्मुख गरायो । नयाँ नयाँ खोज तथा अनुसन्धान र चिन्तनका निम्ति अनुकूलता पैदा ग¥यो । त्यस अनुकूल वातावरणमा अनेकौं वैज्ञानिक र दार्शनिक चिन्तकहरू जन्मिए ।
कोपर्निकस (१४७३–१५४३ ई.) ले ब्रह्माण्ड सम्बन्धी सूर्यकेन्द्रवादी सिद्धान्त प्रतिपादन गरे । उनको “खगोलीय पिण्डहरूको गतिका सम्बन्धमा” नामक कृति ई. १५४३ मा प्रकाशित भएपछि सार्वजनिक भएको सूर्यकेन्द्रबाद गम्भीर बैचारिक संघर्षको विषय बन्यो । चर्च र पाण्डित्यवादका पक्षधरहरूले यसको कडा विरोध गरे भने प्रगतिशील एवम् सृजनशील चिन्तकहरूले चाहिं यसलाई आफ्नो ब्यानर बनाएर अगाडि बढे । जर्दानो ब्रुनो (१५४८–१६०० ई.) ले पाण्डित्यवादको विरोध र सूर्यकेन्द्रवादको समर्थन गर्दै त्यसमा रहेका कमजोर पक्षहरूलाई हटाउने प्रयत्न गर्नुका साथै अनन्त परमेश्वर भनेको नै प्रकृति हो भनेर प्रकृतिको अनन्ततालाई पुष्टि गर्ने कोशिष गरे । धर्माधिकरणले ब्रुनोलाई ज्यूँदै जलायो । तर पनि विज्ञान र चिन्तनको गति रोकिएन । केप्लर (१५७१–१६३० ई.) ले ग्रहहरूको गति सम्बन्धी नियम पत्ता लगाई १६१८ मा प्रकाशित गरे । विलियम हार्वे (१५७८–१६५७ ई.) ले जैव शरीरमा हुने रक्त संचार प्रणाली पत्ता लगाई १६२८ मा प्रकाशित गरे । गिल्वर्ट (१५४०–१६०३ ई.) ले चुम्बक पत्ता लगाए । ग्यालेलियो (१५६४–१६४२ ई.) ले पृथ्वीले सूर्यको परिक्रमा गर्दछभन्ने पत्ता लगाए । रवर्ट वायले (१६२७–९१ ई.) ले एक कोशीय जीवाङ्गहरू पत्ता लगाए । न्यूटन (१६४२–१७२७ ई.) ले गुरुत्वाकर्षणको नियम पत्ता लगाए ।
पुनर्जागरण आन्दोलन र विज्ञान तथा प्रविधिको विकासले सामाजमा दुईवटा महत्वपूर्ण परिवर्तन ल्यायो । पहिलो– चिन्तनको क्षेत्रमा चर्चको आधिपत्य समाप्त भई विज्ञानको आधिपत्य शुरु भयो । दोस्रो– राजकीय नियन्त्रणमा पनि चर्चको आधिपत्य समाप्त भएर राज्यको आधिपत्य कायम भयो । पहिलो कुराले स्वतन्त्र चिन्तनका निम्ति ढोका खोलिदियो भने दोस्रोले चिन्तनमाथिको नियन्त्रणलाई कम ग¥यो ।
औद्योगिक क्रान्ति
मान्छेको हातले उत्पादन कार्य गरिने कृषिप्रधान अर्थतन्त्रबाट मेशिनद्वारा उत्पादन कार्य गरिने औद्योगिक अर्थतन्त्रमा वदलिने प्रकृया । अठारौं सताव्दिमा वेलायतबाट शुरुभै अन्यत्र फैलिएको थियो । जेम्स वाटद्वारा वाष्प इञ्जिनको आस्किार भयो । हाते तानको सट्टा कपडा कार्खानाहरुको स्थापना भयो । छपाइ मेशिनको आविस्कार भयो । छपाखानाहरु खुले । नयाँ श्रम सम्वन्धहरु शुरुभए । एउटै कार्यस्थलमा सयौं मानिसहरु जम्मा भएर काम गर्नथाले । औद्योगिक मजदुर वर्गको उदय भयो । पूँजीपति वर्ग र मजदुर वर्ग वीचको अन्तर्विरोध वढ्दैगयो । आर्थिक अधिकारका आन्दोलन शुरुभए । पूँजीपति वर्गले सामन्त वर्गसँग राजनैतिक अधिकारका निम्ति लडेको थियो भने मजदुर वर्गले पूँजीपति वर्गसँग आर्थिक अधिकारका निम्ति लड्न थाल्यो ।
फ्रान्सेली राज्य क्रान्ति र त्यसको प्रभाव
ई. १७८९ मा भएको फ्रान्सेली क्रान्तिले युरोपबाट सामन्तवादको अन्त्य ग¥यो ।संसारमा पूजीवादी युगको थालनी ग¥यो । स्वतन्त्रता, समानता र भ्रातृत्वको नारा दियो । यो क्रान्ति अपर्याप्त छ भन्ने ग्राचुस बावे जस्ता क्रान्तिकारी देखापरे । त्यस क्रान्तिपछि समाजवाद र साम्यवादको वहस व्यापक बन्यो ।
मार्क्सवादको सिर्जनाका आधारहरू
माक्र्सवादको सिर्जना उन्नाइसौं शताब्दीको मध्यकालमा युरोपमा भएको हो । यसको सिर्जनाको आधार निर्माण गर्नमा पुनर्जागरण आन्दोलन, औधोगिक क्रान्ति र १७८९ को फ्रान्सेली राज्य क्रान्तिले मुख्य भूमिका निभाएका छन् । त्यसका तात्कालिक आधारहरू तिन प्रकार छन्-
१) आर्थिक—सामाजिक आधार:
अठारौं शताब्दीको उत्तरार्धमा युरोपमा सामन्तवादका विरुद्ध क्रान्तिहरू शसफल भएका थिए र त्यहाँ पूँजीवादको स्थापना भइसकेको थियो । पूँजीवाद संगसंगै उसका विरुद्ध संघर्ष गर्ने मजदुर वर्गको पनि जन्म भएको थियो । पूँजीवादी उत्पादन प्रणालीको अभिन्न अंगका रूपमा रहको मजदुर वर्गले आफ्नो जन्मकालदेखि नै आफूमाथि भएको शोषण, दमन र अन्यायका विरुद्ध संघर्ष गर्न थालेको थियो ।
शुरु–शुरुमा यो वर्ग आफ्नो वर्ग दुष्मनका बारेमा सचेत थिएन । त्यस वेला मजदुर वर्गीय आन्दोलनलाई मार्गदर्शन गर्ने निश्चित मार्गदर्शक सिद्धान्त पनि थिएन । त्यसैले मजदुरहरूले स्वतःस्फूर्त ढंगबाट एक्ला–एक्लै पूँजीपतिहरूमाथि व्यक्तिगत आक्रमण गर्ने प्रकृतिको आन्दोलन चलाएका थिए । मजदुरहरू व्यावहारबाट अनुभव प्राप्त गर्दै क्रमशः सचेत, संगठित र आन्दोलित हुँदै गएका थिए । जस्तो कि १८११–१२ मा वेलायतका मजदुरहरूले स्वतःस्फूर्त ढंगले मेशिनतोड (लुडाइट) आन्दोलन चलाएका थिए र त्यस आन्दोलमा चर्को दमन भोगी असफल भएपछि सफलता प्राप्त गर्नका निम्ति संगठित भएर आन्दोलन गर्नु पर्दो रहेछ भन्ने अनुभव प्राप्त गरेर १८१३ देखि उनीहरू संगठित हुन थालेका थिए । १८३१ मा फ्रान्सको लियों शहरका कारखानामा कपडा बुन्ने मजदुरहरूले विद्रोह गरेका थिए । १८३२ देखि बेलायतका मजदुरहरूले मागपत्र (चार्टिष्ट) आन्दोलन शुरु गरेका थिए । १८३२ देखि १८४२ सम्म पूरै दशवर्ष चलेको त्यस चार्टिष्ट आन्दोलनमा लाखौं मजदुरहरू सहभागी भएका थिए । १८३२ मै पेरिसका मजदुरहरूले विद्रोह गरेका थिए । १८४४ मा जर्मनीको शिलेशिया (हाल पोल्याण्डमा पर्छ) शहरका कपडा बुन्ने मजदुरहरूले पनि विद्रोह गरेका थिए ।
उपर्युक्त मजदुर आन्दोलनहरू अर्थात् पूँजीपति वर्गका विरुद्ध मजदुर वर्गले चलाएका वर्ग संघर्षहरूबाट थुप्रै अनुभवहरू प्राप्त भएका थिए र श्रमजीवी वर्गमाथिको शोषण, दमन र उत्पीडनलाई समाप्त पार्नका लागि विद्यमान आर्थिक–सामाजिक र राजनीतिक व्यवस्थालाई उखेलेर फ्याक्नुपर्ने आवश्यकता महशुस हुनुका साथै त्यसो गर्नु अत्यावश्यक छ र सम्भव पनि छ भन्ने स्पष्ट भएको थियो । त्यसका निम्ति तत्कालीन समाजमा रहेका आर्थिक–सामाजिक र राजनीतिक सम्बन्ध एवम् संस्थाहरूको ठाऊँमा कायम गरिने नयाँ सम्बन्ध एवम् संस्थाहरूको वारेमा स्पष्ट धारणा सहितको एक सिद्धान्त निर्माण गर्नुपर्ने आवश्यकता खड्किएको थियो । यही ऐतिहासिक आवश्यकता र व्यावहारिक अनुभवले माक्र्सवादको सिर्जनाका निम्ति एक महत्वपूर्ण आधारको काम गरेको थियो ।
२) वैज्ञानिक आधार:
उन्नाइसौं शताब्दीको प्रारम्भसंगै विज्ञानका विभिन्न क्षेत्रको अध्ययन एवम् विश्लेषण गहिरिएको थियो । त्यस अध्ययनले वस्तु वा घटनाको सारतत्वको वारेमा जानकारी हासिल गर्नुका साथै परिवर्तनका कारणहरू पत्ता लगाउने काम हुन थालेको थियो । त्यस क्रममा प्राणी जगत्का भ्रूणहरूको अध्ययन गर्ने भ्रूण विज्ञान, जौविक प्रक्रियाहरूको अध्ययन गर्ने शरीरक्रिया विज्ञान, पृथ्वीको वाहिरी अर्थात् चट्टानी खण्ड (ऋचगकत) को अध्ययन गर्ने भूगर्भ विज्ञान जस्ता विज्ञानका नयाँ शाखाहरूको विकास भएको थियो र अध्ययन अनुसन्धानमा विशिष्टिकरण हासिल भएको थियो । त्यस गहन अध्ययनको परिणामस्वरूप तीन महान्् आविष्कार भनिने जीवकोषको आविष्कार, ऊर्जाशक्तिको संरक्षण एवम् रूपान्तरणको नियमको आविष्कार र जीव विकासको सिद्धान्तको आविष्कार लगायतका थुप्रै वैज्ञानिक आविष्कारहरू भएका थिए ।
जर्मन जीव वैज्ञानिकहरू श्लेडेन९क्अजभिष्मभल० र श्वान्न९क्अजधबलल०द्वारा सन् १८३८–३९ मा आविष्कार भएको सवै जैविक अंगहरू निर्माणको आधारभूत इकाई जीवकोष हो भन्ने कुराले जैविक जगत्को एकत्व वा एक रूपता प्रमाणित गर्नुका साथै विकासका गुणहरू स्वयम् पदार्थ भित्रै रहेका छन् भन्ने पुष्टि भएको थियो ।
जर्मन भौतिकशास्त्री जुलियस रवर्ट मायरद्वारा सन् १८४२–४७ मा आविष्कार भएको ऊर्जाशक्तिको संरक्षण एवम् रूपान्तरणको नियमबाट पदार्थका विभिन्न रूपहरूका बीचको अन्तर्सम्बन्ध तथा एकबाट अर्कोमा रूपान्तरणको सम्बन्धमा जानकारी भई पदार्थ र गतिका बीचको अविभाज्य सम्बन्ध र पदार्थको गतिका विभिन्न रूपहरू बीचको सार्वभौमिक अन्तर्सम्बन्ध एवम् अन्तक्र्रिया नै प्रकृतिमा हुने परिवर्तनका भौतिक कारण हुन् भन्ने पुष्टि भएको थियो ।
सन् १८५९ मा प्रकाशित गरिएको चाल्र्स डार्विनको जीव विकासको सिद्धान्तले जैविक जगत्मा निरन्तर विकास र परिवर्तन भइरहन्छ भन्ने कुराको साथै अहिले संसारमा रहेका जीवका जाति–प्रजातिहरू विकासको लामो प्रक्रियाका परिणाम हुन् भन्ने स्पष्ट पारेको थियो ।
उपर्युक्त तीन महान्् आविष्कारहरूका अतिरिक्त अरु पनि धेरे आविष्कारहरू भएका थिए । ती आविष्कारहरूले मानव जातिलाई नयाँ–नयाँ कुराहरूको जानकारी गराएका थिए । जस्तो कि भौतिक पिण्डहरूमा हुने ध्रुवीय गुण९एयबिचष्तथ०ले भौतिक पदार्थमा हुने प्रतिपक्षको एकता र संघर्षको स्थितिलाई देखाएको थियो । त्यसैगरी रसायन तत्वको एकल सिद्धान्त९क्ष्लनभि तजभयचथ या अजझष्अब िअयmउयकष्तष्यल० का आधारमा तत्व र मिश्रणहरूको निर्माण वारे ज्ञान हासिल भइरहेको थियो ।
विज्ञानको उपर्युक्त गहन अध्ययन एवम् अनुसन्धान र आविष्कारहरूको जगमा उँभिएर माक्र्सवादको सिर्जना गरिएको थियो । किनभने उपर्युक्त आविष्कारहरूले द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादको विश्लेषण र पदार्थको गतिका नियमहरूको विकासका निम्ति प्रकृति विज्ञानका आधारहरू प्रदान गरेका थिए ।
३) सैद्धान्तिक÷दार्शनिक आधारहरू:
उन्नाइसौं शताब्दीको मध्यमा आइपुग्दा युरोपमा दर्शनशास्त्र, अर्थशास्त्र र काल्पनिक समाजवादी चिन्तनको क्षेत्रमा समेत धेरै ठूलो प्रगति भइसकेको थियो ।
दर्शनको क्षेत्रमा हेगेलले द्वन्द्वका नियमहरू सुत्रवद्ध गरिसकेका थिए भने फायरवाखले भौतिकवादको राम्रो विकास गरेका थिए । तर हेगेलेको द्वन्द्ववाद भाववादको सालनालमा वेरिएर रहेको थियो भने फायरवाखको भौतिकवाद चाहिं द्वन्द्ववादको अभावले गर्दा अपूर्ण थियो । कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले हेगेलको द्वन्द्ववादलाई फायरवाखदको भौतिकवादसंग मिलाएर टाउकाले टेकेर उँभिएको उल्टो अवस्थाबाट सुल्ट्याई खुट्टाले टेकेर हिंड्ने बनाए । यस सम्वन्धमा माक्र्स आफै लेख्छन् – ‘मेरो द्वन्द्ववादी पद्धति हेगेलकोभन्दा फरक मात्र नभएर त्यसको ठिक उल्टो छ । हेगलले मानव मस्तिष्कको जीवन प्रकृया अर्थात चिन्तन प्रकृयालाई स्वतन्त्र कर्ता बनाएका छन्, उनका लागि त्यो नै वास्तविक संसारको सिर्जनकर्ता हो र वास्तविक संसार चाहिं केवल विचारको वाहिरी एवम् इन्द्रियगम्य रूप मात्र हो । त्यसको विपरित मेरा लागि विचार भनेको भौतिक संसार मानव मस्तिष्कमा प्रतिविम्वित हुने र चिन्तनमा वदलिने चिज वाहेक अरु केहि पनि होइन ।’ (पूँजी: दोश्रो जर्मन संस्करणको भूमिका) ।
त्यसैगरी आर्थिक सिद्धान्तको क्षेत्रमा अर्थात् अर्थशास्त्रको क्षेत्रमा बेलायतका डेविड रिकार्डो र एडम स्मिथले श्रम मूल्य सिद्धान्त९ीबदयगच त्जभयचथ या ख्बगिभ०को प्रतिवादन गरिसकेका थिए । त्यस सिद्धान्तलाई विकास गर्दै कुनै पनि वस्तुको उत्पादन गर्दा सामाजिक हिसावले आवश्यक पर्ने श्रम– समयको आधारमा नै त्यस वस्तुको मूल्य निर्धारण हुन्छ भनेर पुष्टि गर्ने काम माक्र्सले गरे । उनले अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरी पूँजीपतिले श्रमिकलाई गराउने अतिरिक्त श्रम र त्यस अतिरिक्त श्रम मार्फत् सिर्जना हुने अतिरिक्त मूल्य नै पूँजीवादी शोषणको मूल आधार हो भन्ने कुरा स्पष्ट पारे ।
त्यस्तै समाजशास्त्रको क्षेत्रमा थोमस मूरबाट शुरु भएको काल्पनिक समाजवादी चिन्तनको पनि विकास हुँदै गएको थियो । त्यसै क्रममा विकास भएका सेन्ट साइमन, चाल्र्स फूरिय र रवर्ट ओवेनका काल्पनिक समाजवादी विचारहरूले समाजलाई प्रभावित गरिरहेका थिए । अर्कोतर्फ ब्लांकी र बार्बेद्वारा नेतृत्व गरिएको षड्यन्त्रमूलक गतिविधिमा विश्वस गर्ने धार थियो । माक्र्स र एंगेल्सले चिन्तनलाई व्यवहारसंग गाँसेर वैज्ञानिक समाजवादी सिद्धान्तको प्रतिपादन गरे । समाज विकासका सामान्य नियमहरूको विज्ञान ऐतिहासिक भौतिकवादको प्रतिपादन भयो ।
लिगभित्र विवाद र मार्क्स-एंगेल्सको अडान
मानव चिन्तनमा समतामूलक समाजका मान्यताहरू धेरै पहिलेदेखि नै रहेका थिए । आदिम सामुदायिक समाज समतायुक्त थियो । समाज दासप्रथात्मक युगमा प्रवेश गरेपछि पनि समतावादी चिन्तन यदाकदा प्रकट हुँदै ग¥यो । जस्तो कि इशापूर्व छैटौं शताब्दीका नेपाली दार्शनिक गौतम बुद्ध र ईशापूर्व चौथो शताब्दीका युनानी दार्शनिक प्लेटोका चिन्तनमा त्यस किसिमका समतावादी मान्यता रहेका थिए । शायद ती समतावादी विचारहरूबाट समेत प्रभावित भएर दासप्रथाका विरुद्ध ठूल–ठूला विद्रोहहरू भए । समाज सामन्ती युगमा प्रवेश ग¥यो र शोषणका झनै जटिल रूपहरू प्रकट भए । सामन्तवादका विरुद्ध पनि विद्रोहहरू भए । समाज पूँजीवादी युगमा पुग्यो । पूँजीवादमा अतिरिक्त श्रमको मूल्य शोषण गर्ने कार्य चर्कियो । त्यसका विरुद्ध अनेक ढंगले संघर्ष हुन थाल्यो । त्यही क्रममा काल्पनिक समाजवादी चिन्तनको जन्म भयो र त्यसबाट अझै अगाडि बढेर वैज्ञानिक समाजवादको उदय भयो ।
फ्रान्सेली क्रान्तिपछि समाजवाद र साम्यवादको वहस व्यापकबन्यो । ती विचार बोकेका संगठनहरू पनि बन्नथाले । १८३४ मा पेरिसमा जर्मन शरणार्थीहरूद्वारा “निर्वासितहरूको संघ” नामक प्रजातान्त्रिक–गणतन्त्रवादी चरित्रको गुप्त संगठन निर्माण भयो । १८३६ मा लण्डन मजदुर संघको निर्माण भयो । १८३६ मा निर्वासितहरूको संघभित्रका सर्वहारावादी तत्वहरू अलग भएर “न्यायी संघ” ९ीभबनगभ या व्गकत० को गठन गरे । एंगेल्सका अनुसार यो संघ वास्तवमा त्यसबेला ब्लांकी र बार्बेद्वारा नेतृत्व गरिएका फ्रान्सेली गुप्त समाजहरूको जर्मन शाखाभन्दा बढि केही थिएन र आंशिक रूपमा प्रचारात्मक काम गर्ने तथा आंशिक रूपमा षड्यन्त्रमूलक गतिविधि गर्ने यसका उद्देश्य थिए । कार्ल शापर, हेनरिख ब्राउएर, जोसेफ मोल आदि त्यस संघका नेताहरू थिए ।
पेरिसको सट्टा लण्डन क्रान्तिकारी गतिविधिको केन्द्र बनेपछि लिग जर्मनहरूको मात्र नभएर क्रमशः अन्तर्राष्ट्रिय स्वरूपको बन्न थाल्यो । लण्डनमा लगभग सबै युरोपेली मुलुकका मानिसको जमघट हुने भएकाले खुला र गुप्त हुँदै संघमा विभिन्न मुलुकका मानिस संगठिन हुन थाले । खुला संगठनलाई “कम्युनिष्ट श्रमिकहरूको शैक्षिक संघ” भन्न थालियो र त्यसको सदस्यता पत्रमा “सबै मानिस भाइभाई हुन् भन्ने मुख–वाक्य लेख्न थालियो । १८४७ को अगष्टमा माक्र्स र एंगेल्सद्वारा ब्रुसेल्समा “जर्मन श्रमिक समाज”को गठन गरियो । ती क्रान्तिकारी संगठनहरूमा “समता, भातृत्व र न्याय”का कुरा गरिन्थ्यो । सैद्धान्तिक स्पष्टता थिएन । मतभेदहरू प्रशस्त थिए ।
मुख्य रूपमा चारखाले मत थिए:
(१) काल्पनिक समाजवादी
(२) अराजकतावादी ।
(३) षड्यन्त्रमूलक गतिविधि मार्फत सत्ता कव्जागर्ने।
(४) समानतासहितको स्वतन्त्रता र आर्थिक अधिकारसहितको लोकतन्त्र हुनुपर्छ भन्ने ।
त्यसैबीच माक्र्स र एंगेल्स दुवैजना आ–आफ्नो स्वतन्त्र अध्ययनबाट वर्गीय अन्तरविरोधहरू भएको समाज निर्माणमा आर्थिक कारणहरूले निर्णायक आधारको काम गर्दछन् भन्ने निष्कर्षमा पुगेपछि त्यस मान्यताले लिगका धेरै नेताहरूलाई प्रभावित ग¥यो । माक्र्स र एंगेल्सलाई लिगमा सामेल हुन बारम्बार अनुरोध गरियो । १८४७ को बसन्तमा जोसेफ मोलले माक्र्स र एंगेल्स दुवैलाई अलग–अलग भेटेर उहाँहरूको दृष्टिकोणसँग आपूmहरू सहमत भएको र लिगलाई पुरानो षड्यन्त्रमूलक गतिविधिको मान्यता राख्ने अवस्थाबाट मुक्त गरी सच्याएर अगाडि बढाउनको निम्ति त्यसमा उनीहरूको प्रवेश अनिवार्य भएकोमा जोड दिएपछि माक्र्स–एंगेल्स पनि लिगमा सामेल भए ।
१८४७ को ग्रिष्ममा लिगको प्रथम अधिवेशन भयो । त्यसमा माक्र्सको सहभागिता भएन । एंगेल्स लगायतका नेताहरूको सहभागितामा लिगलाई “कम्युनिष्ट लिग”को रूपमा पुनर्गठित गरियो । लिगको उद्देश्य “बुर्जुवा शासनको अन्त्य, सर्वहारा वर्गको शासन स्थापना, वर्गीय अन्तरविरोधमा आधारित पुरानो बुर्जुवा समाजको अन्त्य र वर्गबिनाको एवम् व्यक्तिगत सम्पत्तिबिनाको नयाँ समाज स्थापना गर्नु” रहेको तय गरियो । १८४७ नोबेम्बरको अन्त्य र डिसेम्बरको शुरुमा लिगको दोस्रो अधिवेशन भयो । त्यसमा माक्र्सको पनि सहभागिता रह्यो र उनले त्यहाँ लामो छलफल गरेर नयाँ सिद्धान्तको बारेमा स्पष्ट पार्ने काम गरे । लिगभित्र रहेका सबै अन्तरविरोध र आशंकाहरूको निवारण भयो । सर्वसम्मतिबाट नयाँ आधारभूत सिद्धान्तहरू स्वीकृत गरियो । “संसारका श्रमिकहरू एक होऔं” भन्ने लिगको मुख–वाक्य ९ःयततय० तय भयो । नयाँ सिद्धान्त अनुसार घोषणापत्र तयार गर्न माक्र्स र एंगेल्सलाई जिम्मा दिइयो । छिट्टै उक्त घोषणापत्र तयार भयो र १८४८ को फेब्रुअरीमा लण्डनबाट विश्व प्रसिद्ध कम्युनिष्ट घोषणा–पत्र प्रकाशित भयो । यसरी दस्तावेजीय रूपमा माक्र्सवाद र कम्युनिष्ट आन्दोलन अस्तित्वमा आयो ।