सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

एमाले प्रमुख सचेतक बर्तौलाले भने, ‘साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सांसद माग’  


  • 154
    SHARES
  • https://indrenipost.com/posts/9100
    बैशाख ३१, २०८२ बुधबार
    एमाले प्रमुख सचेतक बर्तौलाले भने, ‘साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सांसद माग’  

     काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको आकस्मिक समयमा उहाँले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि सो कम्पनीमा कार्यरत चार सय ६९ जना नेपाली अलपत्र परेकाले तत्काल उद्धार र सहयोग गर्न सरकारको ध्यानाकर्षण गराए ।

    “रोजगारदाता कम्पनी बन्द हुँदा कामविहीन भएका चार सय ६९ मध्ये दुई सय २६ जनाले नेपाल फर्कन चाहेका छन् । त्यहाँको दूतावासमा सम्पर्क गरेर उनीहरू नेपाल फर्कन चोहका बताएका छन्” सांसद बर्तौलाले भने, “रोजगारविहीन भएकामध्ये दुई सय ४३ जनाले नेपाल अन्य कम्पनीमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।”

    कम्पनी बन्द भएपछि दुई महिनादेखि नौ महिनाको तलब पनि नेपाली कामदारले नपाएका बताउँदै उहाँले तलबका लागि कम्पनीको व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता नगरिएको उहाँले सदनलाई जानकारी गराए।

    “कामविहिन भएपनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन्, त्यहाँ खानाको समस्या छ, बिरामी परेका छन्, स्वास्थ्य उपचार पाएका छैनन्,” सांसद बर्तौलाले भने, “नेपाल फर्कन चाहनेले भिसा बन्द भएकाले स्वदेश आउन पाएका छैनन्, यथाशीघ्र ती नेपालीको उद्धार गरी आवश्यक सहयोग र सहजीकरणमा जुटन म सरकारसँग आग्रह गर्छु ।”

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij