सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

सत्ता निरुपण र बेपत्ता आयोग दुबैको पदाधिकारी कांग्रेस र एमालेले भागवण्डा गरेर पूर्णता दिए  


  • 397
    SHARES
  • https://indrenipost.com/posts/9109
    बैशाख ३१, २०८२ बुधबार
    सत्ता निरुपण र बेपत्ता आयोग दुबैको पदाधिकारी कांग्रेस र एमालेले भागवण्डा गरेर पूर्णता दिए  

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले पूर्णता पाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यक्षमा ऋण असुली पुनरावेदन न्यायाधिकरणका पूर्वअध्यक्ष महेशकुमार थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अध्यक्षमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ।


     सत्य निरुपणका अध्यक्षमा थापा नेपाली कांग्रेस कोटाबाट अध्यक्ष भएका छन् भने बेपत्ताकी अध्यक्ष गड्तौला नेकपा एमाले कोटाबाट अध्यक्ष भएकी हुन् । तर, अधिकाश सदस्यहरु भने एमाले कोटाबाट परेका छन्। 

    पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले पठाएका नाम मन्त्रिपरिषद्ले अनुमोदन गरको हो।

     


    शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण तर टुंग्याउन बाँकी नै रहेको संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा सत्तारुढ दुई दलले भागबन्डा गरेका हुन्। 

    थापा नेपाली कांग्रेस र गड्तौला नेकपा एमालेको तर्फबाट सिफारिस भएका हुन्।


    संक्रमणकालीन न्यायका संयन्त्रका रूपमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग पहिलोपटक २०७१ मा स्थापना गरिएको थियो।

    दुईपटक गठन गरिएका आयोग उजुरी संकलन गर्नमा मात्रै सीमित भएका थिए। 

    सत्य निरुपण तथा मेलमिलाप आयोग
    १ महेश थापा, अध्यक्ष
    २ अच्युत प्रसाद भण्डारी, सदस्य
    ३ टिका प्रसाद ढकाल, सदस्य
    ४ पदम बहादुर शाही, सदस्य
    ५ कुमारी कौशल्य ओझा, सदस्य

    बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
    १ लिलादेवी गड्तौला, अध्यक्ष
    २ गोपालनाथ योगी, सदस्य
    ३ अग्निप्रसाद थपलिया, सदस्य
    ४ सिर्जना पोखरेल, सदस्य
    ५ विनिता नेपाली, सदस्य  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij