सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

काठमाडौंबाट माइक्रोबस चोरेर युवकले पु¥याए धादिङ 


  • 199
    SHARES
  • https://indrenipost.com/posts/9121
    जेठ १, २०८२ बिहीबार
    काठमाडौंबाट माइक्रोबस चोरेर युवकले पु¥याए धादिङ 

    काठमाडौं । माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ का १९ वर्षीय सुदीप थापा छन् । काठमाडौं महानगरपालिका–१६, वनस्थलीबाट उनले वाग्मती प्रदेश ०१–००२ज६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रोबस चोरी गरेका प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार, गएको वैशाख २९ गते अपराह्न वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कसप तथा चार्जिङ सेन्टरभित्रको पार्किङस्थलबाट उक्त माइक्रो चोरी गरी उनले चलाएर धादिङ पु¥याएका थिए । माइक्रोसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।

    थापा वनस्थलीमा बस्दै आएका थिए । चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट दिन चार दिनको म्याद थप अनुमति प्राप्त भई उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij