आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

भूमि विधेयकको विपक्षमा उभियो जसपा नेपाल 


  • 163
    SHARES
  • https://indrenipost.com/posts/9134
    जेठ २, २०८२ शुक्रबार
    भूमि विधेयकको विपक्षमा उभियो जसपा नेपाल 

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि विधेयकको पनि सशक्त विरोध गर्ने बताएका छन् । सामाजिक सञ्जाल मार्फत् यादवले भूमि विधेयक पनि वन र भूमि सक्नेगरी आएकाले सशक्त विरोध गर्ने बताएका हुन् ।

    ‘भूमि सम्बन्धी अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले विरोध गरेका थियौं’, अध्यक्ष यादवले लेखेका छन्, ‘अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले भूमि सम्बन्धी विधेयक ल्याएको छ, सडक र  सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौ ।’

    यसअघि जसपा नेपालकै असहमतिका कारण भूमि अध्यादेश पारित हुन सकेको थिएन । जसपा नेपालको असहमतिले राष्ट्रिय सभामा बहुमत नपुग्ने भएकाले भूमि अध्यादेश स्वतः निष्क्रिय भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij