आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट


  • 154
    SHARES
  • https://indrenipost.com/posts/9138
    जेठ ३, २०८२ शनिबार
    प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप-२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिकाका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्धा बनेको जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरवैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिए । उनले हिमालदेखि समुद्रसम्मको अवधारणामा ठुला मुलुकलाई पनि ध्यानाकर्षण गराउँदै असंलग्न राष्ट्रहरूले साझा प्रयास चाल्नुपर्ने बताए ।

    सगरमाथा संवादका लागि उक्त मुलुकबाट नेपाल आएका विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरू विश्व समुदायसमक्ष पुर्‍याउने बताए । 

    भेटका अवसरमा नेपालका लागि अजरवैजानका गैह्र आवासीय राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij