आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन- एमालेको एकल बहुमत आउने गरी लाग्नूस्


  • 163
    SHARES
  • https://indrenipost.com/posts/9166
    जेठ ५, २०८२ सोमबार
    कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन- एमालेको एकल बहुमत आउने गरी लाग्नूस्

    काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न आग्रह गरेका छन् । सोमबार नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक भएको बताएका हुन् ।

    ‘समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुमत आउन गाह्रो छ । तर, हामीले संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रुपमा विकसित गर्न हामी लाग्नुपर्छ,’ उनले भने ।

    प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij