आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

 प्रधानमन्त्री धर्मपत्नी शाक्यले भनिन्,शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ’ 


  • 136
    SHARES
  • https://indrenipost.com/posts/9174
    जेठ ६, २०८२ मंगलबार
     प्रधानमन्त्री धर्मपत्नी शाक्यले भनिन्,शक्तिको  दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ’ 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनै पनि काम नगरेको बताएकी छन् । सोमबार काठमाडौंमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण एवं समीक्षा कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

    उनले ओलीसँग विवाह गरेको करिब ३८ वर्ष पुगेको जानकारी गराइन् । हालसम्म ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, चारपटक प्रधानमन्त्री हुँदा समेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको उनको भनाइ थियो । “मलाई कुनै लोभ, अवसर, महत्त्वाकांक्षा छैन । हाम्रो नातागोताले कहीँ कतै सानो, ठूलो शक्तिको दुरुपयोग गरेर राखिदिएको केही छैन,” उनले भनिन्, “तपाईंहरूले भेट्टाउन सक्नुहुन्छ भने खोज्न म अनुरोध गर्न चाहन्छु ।”

    उनले कार्यकर्ता व्यवस्थापनबारे आफू जानकार नरहेको बताइन् । आफूले कुनै पनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने उनले उल्लेख गरिन् ।

    “जहाँसम्म मलाई लाग्छ, अब कार्यकर्ताहरूको व्यवस्थापन कसरी भएको छ, के भएको छ त्यो म जान्दिनँ । किनभने, म कुनै पनि पोलिटिक्समा मैले हस्तक्षेप गरेको छैन, गर्दिनँ पनि,” उनले भनिन् ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij