आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, संसद्‌मा प्रश्नोत्तर कार्यक्रम स्थगित


  • 235
    SHARES
  • https://indrenipost.com/posts/9179
    जेठ ६, २०८२ मंगलबार
    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, संसद्‌मा प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार (आज) बस्ने  प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन् । स्वास्थ्यमा समस्या भएकाले प्रधानमन्त्री बैठकमा उपस्थित नहुने नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    “प्रधानमन्त्रीज्यूको स्वास्थ्यका कारण आज प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने जानकारी गराउनुभएको छ । आज तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर अर्को दिन हुनेछ,” बर्तौलाले भने ।

    बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij