आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

रबिलाई थुनामुक्त गर्न माग गरिएको निवेदन हेर्दाहेर्दैमा


  • 199
    SHARES
  • https://indrenipost.com/posts/9185
    जेठ ६, २०८२ मंगलबार
    रबिलाई थुनामुक्त गर्न माग गरिएको निवेदन हेर्दाहेर्दैमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवेदनमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। मंगलबार लामिछानेका तर्फबाट बहस सुरु भएको छ।

    जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका पूर्वडीआईजी छविलाल जोशीको पनि निवेदन साथै राखिएको छ। रविलाई रुपन्देही जिल्ला अदालतले भने एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो। उच्च अदालतले जिल्लाको आदेश उल्टाइदिएपछि कारागार चलान भएका हुन्। छविलाई भने जिल्लाले थुनामा पठाएको र उच्च अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो। सुप्रिम सहकारी ठगीमा आफूहरुलाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर गर्न उनीहरुको माग छ।

    सुरुमा उच्च अदालतको आदेशविरुद्ध निवेदन दिएका उनीहरुले सुनुवाइमा ढिलो हुने भएपछि बन्दी प्रत्येक्षीकरणको निवेदन पनि दायर गरेका थिए। छैठौँ पटकसम्म हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्दा सुनुवाइ हुन सकेको थिएन। बन्दी प्रत्येक्षीकरणको निवेदनसँगै उच्च अदालतको आदेश बदरको माग गरिएका निवेदन पनि साथै राखिएकाले एकसाथ सुनुवाइ भइरहेको हो।

    अब सर्वोच्चले सुनुवाइपछि रवि र छविले थुनामै रहनु पर्ने कि थुनाबाहिर रहेर मुद्दा लड्न पाउने भन्ने आदेश दिनेछ। दुवै जना रुपन्देही कारागारमा छन्।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij