सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

राजनीति

प्रदेश २ का मुख्यमन्त्री राउतले अर्को साता विश्वासको मत लिने


  • 5.1K
    SHARES
  • https://indrenipost.com/posts/933
    असोज १३, २०७८ बुधबार
    प्रदेश २ का मुख्यमन्त्री राउतले अर्को साता विश्वासको मत लिने

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन् । बुधबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेशसभा अधिवेशन आह्वान गरेको छ । सोही दिन मुख्यमन्त्री राउतले विश्वासको मत समेत लिने निर्णय गरिएको अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

    ‘असोज गते प्रदेशसभा बैठक आह्वान गरिएको छ‚’ उनले भने‚ ‘यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिनु हुन्छ ।’ नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने हुन्छ । उपधारा २ बमोजिम पेस भएको प्रस्ताव प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री पदबाट मुक्त हुनेछ ।

    सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिनभन्दा बढी भइसकेको अवस्था रहेको छ । अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने हुनाले उनीसँग स्पष्ट बहुमत रहेको छ ।

    सरकारको विपक्षमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एमाले रहने छन् । लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले आफ्नो पार्टीले प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताएका छन् । १०४ सदस्यीय प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९‚ एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ जना गरी जम्मा ८० जना सांसदले मुख्यमन्त्री राउतलाई समर्थन गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij