आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

६० किलोमिटर सडक ८ वर्षमा कालोपत्र गरियो


  • 748
    SHARES
  • https://indrenipost.com/posts/9523
    असार ३१, २०८२ मंगलबार
    ६० किलोमिटर सडक ८ वर्षमा कालोपत्र गरियो

    झापा, ३१  असार । कनकाई नगरपालिकाले  सङ्घीयता कार्यान्वयनका ८ वर्षमा ६० किलोमिटर सडक कालोपत्र गरेको छ भने २० किलोमिटरमा पेवर्स विछ्याएको छ ।
    “सडक पूर्वाधारको विकासमार्फत कनकाईले काचुली फेरेको छ,” कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेल भन्छन–“स्थानीय तहको पहिलो कार्यकालदेखि नै सडक निर्माणले प्राथमिकता पायो । यति धेरै सडक बनिसकेका छन् कि अब सडक निर्माणका लागि बजेट कम गर्नु पर्ने अवस्था आएको छ 
    सडक बनेपछि कृषि उपज बजारसम्म पु¥याउन, नगरभित्र आवतजावत गर्न र पर्यटकीय क्षेत्रको प्रवर्धनमा सडकको स्तरोन्नतिले सहज भएको छ । कनकाई नगरपालिका वडा नं ४ का वडाध्यक्ष रोशन सुवेदीले आफ्नो वडामा ११ किलोमिटर सडक कालोपत्र भएको बताए । उनले भने,“ कनकाईले गरेको विकासबारे जानकारी लिन एकपटक यहाँ आउन मेरो आग्रह छ । ”
    क्षेत्रफलका आधारमा जिल्लाको सबैभन्दा सानो नगरपालिका कनकाईको अमरपथ, लक्ष्मीमार्ग, पञ्चायत मार्ग, जनपथ, भृकुटी र लक्ष्मीपुर–घैलाडुब्बा सडक मुख्य सडक मानिन्छन् । अधिकांश प्रमुख सडक कालोपत्र भइसकेका छन् ।
    राष्ट्रिय जनगणना २०७८ अनुसार कनकाईको जनसङ्ख्या ५३ हजार छ । कनकाई वडा नं। ३ सुरुङ्गामा पालिकाले रु। चार करोड ५० लाख २९ हजार ११२ को लागतमा आधुनिक कृषि बजार भवन निर्माण गरिरहेको छ । नगरले कृषिसँगै स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्दै आएको छ । नगरमा १५ शय्याको अस्पताल  निर्माणाधीन छ । आगामी जेठ १५ मा अस्पताल भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 
    कनकाई नगरपालिका नेपालको पहिलो विद्युत चुहावटमुक्त, बन्द निषेधित र सूर्तीजन्य पदार्थ निषेधित क्षेत्र हो । नगरमा कनकाई कोटीहोम, धनुषकोटी धाम, जामुनखाडी सिमसार, हेप्पील्यान्ड लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij