आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

आधुनिकताको चपेटामा लुतो फाल्ने संस्कृति


  • 244
    SHARES
  • https://indrenipost.com/posts/9539
    साउन १, २०८२ बिहीबार

    बागलुङ १ साउन । यहाँका छन्त्याल तथा मगर समुदायले हरेक वर्ष साउने सङ्क्रान्ति भव्य रूपमा मनाउने गर्छन्  । इष्टमित्र र चेलीबेटी जम्मा भएर दुःख सुख साट्ने पर्वका रूपमा साउने सङ्क्रान्तिलाई लिने गरिन्छ । तर पछिल्लो समय बिस्तारै लुतो फाल्ने संस्कृति हराउँदै गएको छ । 
    आधुनिक प्रविधिको विकास र पश्चिमा संस्कृतिको प्रभावसँगै पुराना संस्कृति लोप हुन थालेको बुढापाका बताउँछन् । बिहानदेखि साँझसम्म टाढिएका आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन कम भएको निसीखोला गाउँपालिका – ६ का ७८ वर्षीय तिलबहादुर बुढा मगरले बताएका छन । 
    गाउँमा हाल पाँच÷सात जना मात्रै पाका पुस्ता रहेकाले उहाँहरु रहँदासम्म मात्र परम्परा जिवित हुने अवस्था रहेको बुढा मगरकोे चिन्ता छ । “हामीले चाडबाड भन्दा प्रविधिलाई बढी महत्व दिन थालेका छौँ, हाम्रो बाउबाजेदेखिको पुराना चलनहरु पहिलेको तुलनामा अभ्यासमा अहिले निकै घटेको छ,” बुढा मगरले भन्नुभयो, “लुतो फाल्दा किरा फट्याङ्ग्राले बालीनाली नष्ट गर्दैन, शरीरमा रोग लाग्दैन भन्ने मान्यता छ ।”
    साउने सङ्क्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, काग, भलायो, कुकुरडाइनो, रातपातेलगायत औषधीय गुण बोकेका वनस्पति र कागती, अमिलो बेलौती लगायतका फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फाल्ने गरिए पनि उक्त चलन हराएको तमानखोला गाउँपालिका–३ का पूर्णबहादुर घर्ती मगरले बताउनुभयो । लुतो फाल्दा नाङ्लो ठटाउने, डम्फू बजाउने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । यसरी लुतो फाल्दा रोगव्याधी नलाग्ने, बालीनाली राम्रो हुने र पशुचौपायालाई राम्रो हुने जनविश्वास रहेको घर्ती मगरको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij