आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह


  • 667
    SHARES
  • https://indrenipost.com/posts/9546
    साउन २, २०८२ शुक्रबार
    चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौँ, २ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षाको सम्भावना बढेको हो ।
    महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यी प्रदेशहरू लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना समेत रहेको छ ।
    त्यसैगरी, आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी र मधेस प्रदेश लगायत अन्य पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
    भारी वर्षाको पूर्वानुमानसँगै महाशाखाले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम औंल्याएको छ । सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहेकाले ती क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदीतटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन भनिएको छ । सम्भावित जोखिमले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पार्न सक्ने हुँदा पूर्वतयारीमा जुट्न सर्वसाधारण तथा सरोकारवाला सबै निकायमा महाशाखाले अनुरोध गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij