बागमती, १० साउनः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले चार जना मन्त्रीलाई पदमुक्त गरेका छन ।
पदमुक्त हुनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन रहेका छन्।
मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार गर्दै नेपालको संविधान २०७२ को धारा १६९ (२ंख) बमोजिम मन्त्रीहरूलाई पदमुक्त गरिएको जानकारी गराएका छन ।
चारै जना मन्त्री नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका थिए । शुक्रबार ती मन्त्रीहरूले ‘ह्वाट्सएप’ मार्फत मुख्यमन्त्रीलाई राजीनामा बुझाएका थिए । राजीनामा दिएलगत्तै मुख्यमन्त्री लामाविरुद्ध चार मन्त्रीसहित २१ जना कांग्रेस प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव पनि दर्ता गरेका छन ।
यस घटनालाई प्रदेश राजनीतिमा महत्त्वपूर्ण मोडको चासोका रूपमा हेरिएको छ ।