शनिबार, साउन १७ गते २०८२ Aug 02 2025 Saturday
images
images

दौडको ट्र्याकबाट सुनचाँदी व्यवसायमा रेकर्ड ब्रेकर धावक सुनारको नयाँ अध्यायको शुरुवात


  • 15.9K
    SHARES
  • https://indrenipost.com/posts/9639
    साउन ११, २०८२ आइतबार
    दौडको ट्र्याकबाट सुनचाँदी व्यवसायमा रेकर्ड ब्रेकर धावक सुनारको नयाँ अध्यायको शुरुवात

    कोहलपुर, बाँके – खेलकुदको मैदानमा छोटो दुरी १०० मिटरको दौडमा राष्ट्रिय कीर्तिमान स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको नाम राख्न सफल धावक यम सजन सुनार अब व्यवसायिक यात्रामा होमिएका छन् । उनले कोहलपुर नगरपालिका ११, बाँकेमा भव्यताका साथ बिबेक सुनचाँदी गहनाघर सञ्चालनमा ल्याएका हुन ।
    दौड ट्र्याकमा आफ्नो तीव्र गतिका लागि परिचित सुनारले खेल जीवनबाट प्राप्त अनुशासन र समर्पणलाई अब व्यवसायिक क्षेत्रमा प्रयोग गर्ने अठोट लिएका छन्। लामो समयदेखि खेलकुदमा सक्रिय रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देशको प्रतिनिधित्व गर्दै थुप्रै पदकहरू जितिसकेका सुनारको यो नयाँ कदमले धेरैलाई चकित पारेको छ । तर, उनले यो पारिवारिक व्यवसायलाई अगाडि बढाउने आफ्नो पुरानो योजना रहेको बताएका छन् ।
    खेल जीवनको अनुभव, व्यवसायमा समर्पण
    यम सजन सुनारले खेलकुदमा रहँदा सिकेको लगनशीलता, धैर्यता र लक्ष्य प्राप्तिको भावनाले नै आफूलाई व्यवसायमा सफल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । खेल जीवनले मलाई चुनौतीहरूको सामना गर्न र हरेक परिस्थितिलाई सकारात्मक रूपमा लिन सिकाएको छ, सुनारले भने, यही सिकाइलाई अब मैले आफ्नो व्यवसायमा लागू गर्नेछु । उनले खेलाडीहरूलाई खेल जीवनपछि पनि विभिन्न क्षेत्रमा सफल हुन सकिन्छ भन्ने प्रेरणा दिन चाहेको समेत इन्द्रणीपोष्ट लाई बताए ।
    बिबेक सुनचाँदी गहनाघर विश्वास र गुणस्तरको प्रतीक
    कोहलपुरको मुटुमा अवस्थित बिबेक सुनचाँदी गहना घरमा आधुनिक डिजाइनका साथै परम्परागत नेपाली गरगहनाहरूको विशाल संग्रह उपलब्ध छ। ग्राहकहरूको रुचि र माग अनुसार विशेष अर्डरमा गरगहना बनाउने सुविधा पनि यहाँ उपलब्ध गराइएको छ। सुनारले आफू गुणस्तर र ग्राहक सन्तुष्टिमा कुनै सम्झौता नगर्ने बताएका छन् । हामी ग्राहकहरूलाई उत्कृष्ट गुणस्तरका गहना साथै विश्वासिलो सेवा प्रदान गर्न प्रतिबद्ध छौँ, सुनारले थपे ।
    यम सजन सुनारको यो नयाँ यात्राले उनलाई व्यवसायिक क्षेत्रमा पनि उत्तिकै सफलता मिलोस् भन्ने कामना गर्दै स्थानीय समुदाय र खेलप्रेमीहरूले शुभकामना व्यक्त गरेका छन् । दौडको ट्र्याकमा जस्तै, सुनचाँदीको व्यवसायमा पनि उनले नयाँ कीर्तिमानहरू स्थापित गर्ने अपेक्षा गरिएको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij