शनिबार, साउन १७ गते २०८२ Aug 02 2025 Saturday
images
images

कांग्रेसद्वारा पृथ्वीमान गुरुङलाई उच्च सम्मान


  • 559
    SHARES
  • https://indrenipost.com/posts/9678
    साउन १४, २०८२ बुधबार
    कांग्रेसद्वारा पृथ्वीमान गुरुङलाई उच्च सम्मान

    चितवन, १४ साउनः नेपाली कांग्रेसले चितवनका अग्रज नेता तथा पूर्व गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङप्रति उच्च सम्मान प्रकट गरेको छ । विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहँदै मुलुकको लोकतान्त्रिक आन्दोलनदेखि विकास निर्माणसम्म उल्लेखनीय योगदान पुर्‍याएका गुरुङको निधनसँगै कांग्रेस चितवनले १३ दिनसम्म शोक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
    विसं २००६ मा कास्कीमा जन्मिनुभएका गुरुङले एमएसीसम्मको अध्ययन गरी प्राध्यापन पेसा अंगालेका थिए । तर, विद्यार्थी कोइरालाको प्रेरणामा चितवन झरेर प्राध्यापन छोड्दै सामाजिक परिवर्तन र राजनीतिमा समर्पित हुनुभएको थियो ।
    गुरुङको यही साउन १० गते चितवनस्थित निवासमा निधन भएको थियो। उनको निधनप्रति पार्टीले गहिरो शोक व्यक्त गर्दै तीन दिनसम्म जिल्ला कार्यालय बन्द गर्ने निर्णय लिएको थियो । आज जिल्लाका सबै तहमा शोक पुस्तिका राखेर श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।
    नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार गुरुङ विसं २०४६ को जनआन्दोलनका पाँच सदस्यीय समिति सदस्य, २०४८ मा चितवन ३ बाट उम्मेदवार, २०६१ देखि ०६३ सम्म जिल्ला सभापति, र आठौँ महाधिवेशनदेखि महासमिति सदस्यजस्ता जिम्मेवारीमा रहेर पार्टी र जनताको सेवा गरेका थिए ।
    चितवनको विकासमा उनको विशेष भूमिका रहँदै आएको छ । राप्तीमा पुल निर्माण, पदमपुर स्थानान्तरण, तटबन्धन निर्माण, मेडिकल कलेज स्थापनाजस्ता परियोजनाहरूमा उनको अग्रसरता थियो ।
    जनताको सेवा, पार्टी निष्ठा र विकासप्रति समर्पित व्यक्तित्वका रूपमा चिनिनुभएका गुरुङलाई नेपाली कांग्रेस चितवनले विशेष सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij