काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लामा आज १० स्थानीय तहमा अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकाको अधिवेशन उद्घाटन भएको छ ।
पूर्व महामन्त्री प्रकाशमान सिंहले कार्यक्रमको उद्घाटन गरेका छन् । काठमाडौं महानगरको अधिवेशन राष्ट्रिय सभा गृहमा सुरु भएको हो ।
आजको अधिवेशनले नगरमा पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।