नवलपुर नवलपरासी, २५ साउनः नवलपरासी बर्दघाट–सुस्तापूर्व को गैँडाकोट –१० सिस्नेपुलमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
नारायणघाट तर्फबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई सिस्नेपुलमा ठक्कर दिएको थियो । ठक्करपछि ट्रक अनियन्त्रित भई पल्टिँदा स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिएका छन ।
दुवै जनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ । मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।