सोमबार, साउन २६ गते २०८२ Aug 11 2025 Monday
images
images

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालन, सात दिनभित्र समाधानको व्यवस्था


  • 316
    SHARES
  • https://indrenipost.com/posts/9799
    साउन २५, २०८२ आइतबार
    सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालन, सात दिनभित्र समाधानको व्यवस्था

    काठमाडौँ, २५ साउनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नागरिकका गुनासो सुन्न र समाधान गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याएको छ । मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा, प्रक्रिया र नतिजासम्बन्धी गुनासाको सुनुवाइ तथा समाधान गर्ने उद्देश्यले सो केन्द्र स्थापना गरिएको हो ।
    सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेका अनुसार, केन्द्रले सेवाग्राहीलाई तत्काल प्रतिक्रिया दिने र प्रक्रियागत ढिलाइ हटाउनेमा ध्यान दिनेछ । “नागरिकका गुनासा सुन्ने र तत्काल समाधान गर्ने काम अब औपचारिक र प्रणालीगत बनाइयो, जसबाट नागरिकको भरोसा बढ्नेछ,” मन्त्री न्यौपानेले बताएकी छिन ।
    केन्द्रमा उपसचिवको नेतृत्वमा कर्मचारी टोली रहनेछ, जसले गुनासाको सङ्कलन, वर्गीकरण र सम्बोधन गर्नेछ। तत्काल समाधान गर्न सकिने गुनासा सहजकर्ताद्वारा निस्तारण गरिनेछ, अन्य गुनासा सम्बन्धित शाखा वा महाशाखामा पठाइनेछ । शाखा स्तरमा तीन दिनभित्र, महाशाखा स्तरमा सात दिनभित्र र मन्त्रीस्तरीय निर्णय आवश्यक पर्ने गुनासा एक महिनाभित्र सम्बोधन गरिने व्यवस्था गरिएको छ ।
    गुनासो सहजकर्ताको संयोजकत्व उपसचिव भुपेन्द्र सापकोटाले गरेका छन, भने शाखा अधिकृत लोकबहादुर लामा र नायव सुब्बा नवराज पराजुली सदस्य रहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij