काठमाडौँ, १६ भदौ । गायन प्रतियोगिता ‘नेपाल आइडल’ को छैटौं संस्करणमा सिन्धुपाल्चोककी गंगा सोनाम विजेता बनेकी छन् । आइतबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् ।
सोनामले विजेतासँगै २५ लाख रुपैयाँको चेक पुरस्कार प्राप्त गरिन् । फस्ट रनरअप बबिता थापा मगरले १० लाख, सेकेन्ड रनरअप दर्शना गन्धारीले ५ लाख रुपैयाँ पुरस्कार पाएका छन ।
अभिनय खाती र मृनल मानन्धर क्रमशः चौथो र पाँचौं स्थानमा परे । दुवैले जनही १–१ लाख रुपैयाँ पाए ।
प्रतियोगिताको निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए ।