शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

जैमिनि नगरपालिका–१ कुस्मि सेरामा चौथो जैमिनि ब्याडमिन्टन कप आयोजना हुने


  • 739
    SHARES
  • https://indrenipost.com/index.php/posts/10125
    भदौ १९, २०८२ बिहीबार
    जैमिनि नगरपालिका–१ कुस्मि सेरामा चौथो जैमिनि ब्याडमिन्टन कप आयोजना हुने

    बागलुङको जैमिनि नगरपालिका–१ कुस्मि सेरामा आगामी ११ गते चौथो जैमिनि ब्याडमिन्टन कप आयोजना हुने भएको छ । प्रतियोगितामा धौलागिरी अञ्चल स्तरीय र बागलुङ जिल्ला स्तरीय ब्याडमिन्टन खेलहरू हुनेछन् ।
    धौलागिरी अञ्चल स्तरीय प्रतियोगितामा दर्ता शुल्क रु ३,००० तोकिएको छ । यसमा प्रथम, द्वितीय र तृतीय स्थान विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । बागलुङ जिल्ला स्तरीय डबल्स प्रतियोगितामा दर्ता शुल्क रु २,५०० हुनेछ । यसमा प्रथम पुरस्कार ट्रफी र मेडल, द्वितीय पुरस्कार रु १५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तृतीय पुरस्कार रु ७,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
    खेलको मुख्य संयोजक दीपेन राई  रहेका छन् भने सह–संयोजक बिजय थापा र अध्यक्ष खगेन्द्र बहादुर क्षेत्री रहेका छन् ।
    प्रतियोगिता जैमिनि ब्याडमिन्टन संघ, सारा क्लब कुस्मि सेरा, जैमिनि–१ वडा कार्यालय र जैमिनि नगरपालिका खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुनेछ ।
    आयोजनाले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै ब्याडमिन्टन खेलको विकास र प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij