शुक्रबार, असार २० गते २०८२ Jul 04 2025 Friday
images
images

के हो क्वान्टम कम्प्युटर ?


  • 325
    SHARES
  • https://indrenipost.com/index.php/posts/9424
    असार १९, २०८२ बिहीबार
    के हो क्वान्टम कम्प्युटर ?

    १.क्वानटम कम्प्युटर भन्नाले यस्तो कम्प्युटर हो जसले क्वान्टम मेकानिक्सको नियमहरुको प्रयोग गरेर गणना गर्छ । परम्परागत कम्प्युटर जसलाई शास्त्रीय कम्प्युटर पनि भनिन्छ, ले बाइनरी बिट प्रयोग गर्दछ, जहाँ डाटा शून्य र एकको रुपमा हुन्छ, तर क्वान्टम कम्प्युटरले शून्य र एक दुवै अवस्थामा एकै चोटी रहन सक्छ । यसलाई सुपरपोजिसन भनिन्छ ।
    २. साधारण कम्प्युटर भन्दा क्वान्टम कम्प्युटरले अति छिटो गणना गर्न सक्छ । चीनियाँ एकेडेमी अफ साइन्सको क्वान्टम इनोभेसन इन्स्च्युटले आफ्नो क्वान्टम कम्प्युटर साधारण कम्प्युटर भन्दा एक सय खर्ब गुणा छिटो हुने दाबी गरे । क्वान्टम कम्प्युटर प्रविधिमा एक निर्णायक छलागं हो जसले सम्पूर्ण विश्वको लागि गहिरो प्रभाव पार्दछ । क्वान्टम कम्प्युटरहरु  यति शक्तिशाली हुन्छन् कि सिद्धान्तमा तिनीहरुले सबै ज्ञान साइबर कोडहरु तोड्न सक्छन् ।
    ३. बीसौँ शताब्दीका विख्यात वैज्ञानिक रिचर्ड फेनम्यानले कम्प्युटरहरु साना र साना हुँदै गइरहेका छन् भने । उनका अनुुसार भविष्यका ट्राञ्जिस्टरहरु यति साना हुनेछन् कि तिनीहरु अन्ततः परमाणुको आकारमा हुनेछन् । हामीलाई थाहा छ कि ट्राञ्जिस्टरहरु सायद बीसाँै शताब्दीको सबैभन्दा महत्वपूर्ण आविष्कार हो । यो यति सानो हुन्छ कि अरबौ ट्राञ्जिस्टर हाम्रो औँलाको नङ्गंमा फिट हुन सक्छन् । ट्राञ्जिस्टर भनेको अहिले हामी सबैले प्रयोग गर्ने उपकरणहरुको मुटु हो ।
    ४. अहिले चीन रअमेरिका विचको टकरावको केन्द्रमा चिपहरु रहेका छन् । यी सबै चिपहरु ट्राञ्जिस्टरबाट बनेका हुन्छन् । उदाहरणको लागि क्यालकुलेटरमा हजारौ स्मार्टफोनमा अरबौ र क्वान्टम कम्प्युटरमा खरबौ ट्राञ्जिस्टरहरु रहेका हुन्छन् । अहिलेका चिपहरु तीन नानोमिटर जस्ता अति साना प्रविधिमा बनाइन्छ । हामीलाई थाहा छ कि एक नानोमिटर भनेको एक मिटरको एक अर्ब भागको एक भाग हो ।
    चिप भनेको त्यो सानो कम्पोनेन्ट हो जसले मोबाइल, कम्प्युटर , कार , रोबोट, मिसाइल, एआई आदि सबै कुरा चलाउँछ । त्यसैले जो देशसँग सबैभन्दा उन्नत चिप बनाउने वा नियन्त्रण गर्ने शक्ति हुन्छ उ नै भविष्यको प्रविधि र सैनिक शक्तिमा अगाडि हुन्छ । अमेरिकाले चीनलाई अत्याधुनिक चिप, डिजाइन सफ्टवेयर वा निर्माण उपकरण बेच्न प्रतिबन्ध लगाउनुको कारण पनि यही हो । चीनलाई महाशक्ति बन्न रोक्ने । ताइवानमा चीन र अमेरिका दुवैको उच्च सरोकार रहनुको मुख्य कारण उ सबैभन्दा उन्नत चिप उत्पादक देश हुनु हो । चिप नै मुख्य हतियार बनेको छ ,गोलि होइन गिगाहर्जको युद्ध ।
    ५. क्वान्टम कम्प्युटरले औषधी विकासमा प्रभाव पार्नेछ । क्यान्सर, एड्स, कोरोना जस्ता रोगको उपचार छिटो पत्ता लगाउन मद्दत गर्न सक्छ । सटिक मौसम पूर्वानुमान गर्न सक्छ । पुरानो सुरक्षा प्रणालीका सबै कोडहरु क्षणभरमै तोडेर नयाँ साइबर आधारित सुरक्षा प्रणाली विकास गर्न सक्छ । सम्पूर्ण आपूर्ति श्रृंखलामा क्रान्ति ल्याएर नयाँ औद्योगिक वातावरण निर्माण गर्नेछ । अन्तरिक्ष अनुसन्धानमा उपयोगि हुनेछ । कृत्रिम बुद्धिमतालाई अझै शक्तिशाली र छिटो बनाउने छ । रसायन विज्ञानमा क्रान्ति ल्याउने छ । जीवनको वर्णमाला पढ्ने डिएनएको खोज मात्रै होइन जीवनको वर्णमाला लेख्न मद्दत गरेर कोड ब्रेक त हुने नै छ ,ल्याबमा मान्छे निर्माण गरेर भाविनीले लेख्ने कथाको जिम्मा अब विज्ञानले लिनेछ । यायद कुनै दिन मानिसले अमरत्व प्राप्त गर्नेछ प्रविधिको विकाससँगै । ब्रह्माण्डको रहस्य उद्घाटन हुनेछ र हामीले महाविस्फोट अघि के थियो भन्ने जान्ने छौ ।
    ६.चीन अमेरिका, जापान, बेलायत, भारत लगायत संसारका विकसित र शक्तिशाली भनिएका देशहरु र प्रविधिमा काम गरिरहेका संसारका सबैजसो ठूला कम्पनिहरु यस क्षेत्रमा काम गरिरहेका छन् । क्वान्टम युगले हाम्रो समग्र समाजको गति र विश्व दृष्टिकोणलाई नै परिवर्तन गरिरहेकोे छ । दशर्नका परम्परागत मान्यताहरु भत्किइसकेका छन् र सायद आधारभूत प्रश्नहरु पनि । अब हामी दर्शनको नयाँ आधारभूत प्रश्नहरु सोध्ने युगमा आइपुुगेका छौ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij