शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9583
    साउन ५, २०८२ सोमबार
    नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस

    काठमाडौँ, ५ साउन – नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी पदमा बढुवा सिफारिस गरिएको छ।
    गृह मन्त्रालय अन्तर्गतको बढुवा समिति सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।
    बढुवा सिफारिसमा परेका अधिकृतहरूमा तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधी ज्ञवाली, दीपक पोखरेल, प्रवीण धिताल, राजीव बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्र प्रसाद फुयाल रहेका छन्।

    उनीहरूलाई प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएको हो। सो जानकारी बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दानबहादुर कार्कीले दिएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij